फ्रान्सका मुस्लिम समुदाय त्रासित

पेरिस, ७ मङ्सिर । फ्रान्सका मुस्लिम सुमदायका नागरिकमा त्रास उत्पन्न भएको खबर छ । यही नोभेम्बर १३ मा फ्रान्समा भएको आतङ्ककारी हमलाको जिम्मेवारी मुस्लिम अतिवादी समूह, इस्लामिक स्टेटले लिएपछि सो त्रास छाएको बताइएको छ । उक्त समूहले सो आक्रमणकोे जिम्मेवारी लिएपछि फ्रान्सको प्रहरीले पनि मुस्लिम नागरिक खोज्ने अभियान नै चलाएको छ ।

त्यहाँ हत्या र आतङ्कको आरोपमा मुस्लिम समुदायका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । साथै मुस्लिम समुदायका नागरिकमाथि विशेष निगरानी राख्ने गरेको पनि बताइएको छ । गएको हप्ताको सो हमलाका क्रममा भएको फुटबल मैदानको हमलामा परेका व्यक्तिलाई एकजना मुस्लिम समुदायाकै नागरिक फाइजलले उद्वारका लागि खुबै सहयोग गरेका थिए ।

अल्जेरियामा जन्मिएका फ्रान्सेली नागरिक फैजल अग्नि नियन्त्रणमा सेवामा कार्यरत छन् । सो सेवाका एकजना कर्मचारीको हैसियतले उनले सो सहयोग गरेका हुन् । तर अहिले उनी सो घटनापछि निकै डराएका छन् । मुस्लिम खोज्ने क्रममा कतै आफूपनि प्रहरीको सिकार हुन्छु कि भन्नेमा उनलाई सो त्रास रहेको बताउने गरेका छन् ।

फ्रान्समा कम्तीमा पनि ५० लाख जनाजति मुस्लिम जनसङ्ख्या बस्ने गर्दछ । तर उनीहरू निकै लामो समयदेखि फ्रान्सेली नगरिकका रूपमा त्यहाँ बस्दै आएका छन् । सो आतङ्कवादी हमलाको पछि अरेबियन मुलका युरोपेली नागरिकको हात रहेको स्पष्ट देखिइसकेको छ । यसका कारण फ्रान्समा बस्ने मुस्लिममा पनि त्रास छाएको हो । ती पैmजल भन्छन्, ‘अहिले त प्रहरीले मुस्लिम नाम देख्यो भने उसले यसो हेर्छन्, हामीलाई राकेरै केरकार गर्छन र मानौं कि सो हमलामा हामी नै सम्लग्न हौँ कि जस्तो गर्छन् ।’

उक्त हमलाका कारण हामी फ्रान्सेली मुस्लिमहरूले पनि समस्या भोग्नुपर्ने हुनसक्छ । उक्त आक्रमणको परिणामले हामीलाई राम्रो गर्लाजस्तो चाहिँ छैन, उनको भनाई छ । फ्रान्सको राजधानी पेरिसकै विभिन्न सात स्थानमा गत नोभेम्बर १३ मा आतङ्ककारी हमला भएको थियो ।

सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो । त्यस्तै त्यसमा परी सयौँ जना घाइते पनि भएका छन् । उक्त हमलामा मुस्लिम अतिवादी समूह आइएसको हात रहेको थियो । सोही कारण पनि पेरिसमा मुस्लिम नागरिकको खोजीलाई व्यापक बनाइएको छ । सो खोजी अभियानले गर्दा त्यहाँ रहेका मुस्लिम नागरिकमा समस्या उत्पन्न भएको ठानिएको छ ।

आक्रमणस्थत निरीक्षण
पेरिस । फ्रान्सेली राष्ट्रपति फ्रान्सिस अल्याण्ड र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले फ्रान्सको पेरिसमा गतहप्ता भएको आतङ्ककारी हमलाको मुख्यस्थल पेरिसको बाट्कलान नाट्यशालाको भ्रमण गरेका छन् । उक्त नाटकघरमा एक अमेरिकी ब्याण्डको कसर्ट जारी रहेका बेला भएको हमलमा परी कम्तीमा पनि ९० जनाको हत्या भएको थियो ।

पेरिस सहरमा भएको सो हमलामध्ये सबैभन्दा धेरै नागरिक यसै स्थानमा मारिएका थिए । उक्त आक्रमणस्थलको निरीक्षणका लागि बेलायती प्रधानमन्त्री क्यामरुन फ्रान्स पुगेका थिए । १३ नोभेम्बरमा भएको सो हमलामा परी एकजना बेलायती नागरिकको पनि ज्यान गएको थियो । बेलायती प्रधानमन्त्री क्यामरुनले सोमबार सो जानकारी आफ्नो ट्वीटर अकाउन्टमार्फत दिभएका हुन् ।

१३ नोभेम्बरमा पेरिसमा भएको हमलामा परी १२९ जनाको ज्यान गएको थियो । सो हमलामा तीन सयभन्दा बढी घाइते भएको बताइएको छ । उक्त हमलाको जिम्मेवरी मुस्लिम अतिवादी समूह आइएसले लिइसकेको छ । घटनामा संलग्न केही मारिएका छन् भने अरूको खोजी जारी रहेको फ्रान्सेली प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रपति अल्याण्डले फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि सिरियामा सुरु भएको आतङ्कवादी विरुद्धको हमला नरोकिने जानकारी दिएका छन् । उनले भने, ‘हामीले सो हमलालाई आतङ्ककारी विरुद्ध केन्द्रित गरिरहेका छौं र उनीहरूलाई ध्वस्त नबनाएसम्म छोड्नेवाला छैनौँ ।’
पेरिसमा बेलायती प्रधानमन्त्री क्यामरुनसँगको भेटवार्तापछि उनले यस्तो बताएका हुन् । सिरियामा आइएसको प्रभाव रहेको र उनीहरूले सोही देशबाट आतङ्ककारी क्रियाकलाप जारी राखेका फ्रान्सको दाबी रहेको छ ।        (एजेन्सी)

प्रतिक्रिया