दिवासिंटन । गत साता अफगानिस्तानको कुन्दुज प्रान्तमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजन र घाइतेहरुलाई अमेरिकाले समवेदना स्वरुप क्षतिपूति दिने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसको जानकारी दिएको हो ।
गत ३ अक्टोबरमा अमेरिकासँग आवद्ध सो हवाई आक्रमण फगानिस्तानको कुन्दुज प्रान्तमा सञ्चालन हुँदैे आएको एक अस्पतालमा परेको थियोे । यस आक्रमणमा परी अस्पतालमा कार्यरत १२ कर्मचारी र १० बिरामी समेत २२ जनाको मृत्यु भएको थियो । ती मध्ये तीन बालबालिका समेत रहेका थिए । आक्रमणमा परी अन्य करिब ४० जना अन्य व्यक्ति पनि घाइते भएका थिए । आक्रमण भूलबस भएको भनी अफगानिस्तानका लागि अमेरिकी सुरक्षाबलका कमाण्डर जोन क्याम्पवेलले स्विकारेका छन् । तथापी आक्रमणको अफगान सरकार र नेटोले अनुसन्धान सुरु गरेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया