नोबेल पुरस्कारसम्बन्धी केही तथ्य

सन् १८९५  नोभेम्बर २७ का दिन अलफ्रेड नोबलले जीवनको अन्तिम हस्ताक्षर गरे । उनले गरेको त्यसै हस्ताक्षर सँगै विभिन्न विधामा संसारकै सबैभन्दा बढी धनराशीको नोबेल पुरस्कार वितरण गरिन थालियो । सन् १९०१ देखि साहित्यका लागि नोबेल पुरस्कार वितरण गनिर थालियो । हालसम्म १ सय ८ पटक नोबल साहित्य पुरस्कार वितरण भयो । यस विचमा सात बर्ष यो पुरस्कार कसैलाई दिइएन ।

सन् १९१४,सन् १९१८, सन् १९३५, सन् १९४०,सन्१९४१,सन् १९४२ र सन् १९४३ मा यो पुरस्कार कसैलाई पनि दिइएन । सन् १९०४, सन् १९१७, सन् १९६६ र सन् १९७४ मा साहित्यको नाबेल पुरस्कार दुई जनालाई प्रदान गरियो । पहिलो पटक फेड्रिक मिस्टाल र जोसे इचेग्यारीलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरियो । हालसम्म यो पुरस्कार १ सय १२ जनाले पाएका छन् ।

सबैभन्दा धेरै साहीत्य नोबल पुरस्कार विजेताको जन्मदिन २१ मे र २८ फेब्रुअरी परेको छ । नोबल साहित्य पुरस्कार विजेताको औषत उमेर हालसम्म ६५ बर्ष रहेको छ । सन् १९०७ मा ४२ बर्षिय रुडयाड किपलीङलाई जंगल बुकका लागि नोबल पुरस्कार प्रदान गरियो । सबैभन्दा कम उमेरमा साहित्यमा नोबल पुरस्कार जित्ने उनी नै हुन् । त्यसको एक सय बर्ष पछि ८८ बर्षिया डोरेस लीसिङले यो पुरस्कार पाए । सबैभन्दा बढी उमेरमा साहित्यमा नोबल पुरस्कार पाउने उनी नै हुन् ।

हालसम्म १४ महिलाले साहित्यमा नोबल पुरस्कार पाएका छन् । पहिलो पटक यो पुरस्कार पाउने महिला स्वीडेनकी सेल्मा लेगरलफ हुन् । उनले सन् १९०९ मा यो पुरस्कार पाएकी थिइन् । हालसम्म रुषका बोरिस पासतरनोक र फ्रान्सेली लेखक जा पाल सत्र्रले नोबल पुरस्कार अस्वीका गरेका छन् । सन् १९५८ मा पास्तारनोकले सुरुमा पुरस्कार ग्रहण गर्ने जनाए पनि पछि तत्कालीन सोभीयत संघका अधीकारीको दवावका कारण उनले पुरस्कार लिएनन् । सन् १९६४ मा सत्र्रले सबै औपचारिक सम्मान अस्वीकार गर्ने घोषणा गरेका कारण नोबल पुरस्कार पनि अस्वीकार गरे । हालसम्म कसैले पनि दुई पटक यो पुरस्कार पाएका छैनन् ।

साहित्यमा नोबल पुरस्कार पाउने स्वीडेनमा ६ जना पछि स्वीडीस एकेडेमीका सदस्य भएका छन् । यस्तो हुने पहिलो ब्यक्ति सेल्मा लेगरलेफ हुन् । सन् १९०९ मा नोबल पुरस्कार पाएकी उनी सन् १९१४ मा स्वीडीस एकेडेमीकी सदस्य भएकी थिइन् । सबैभन्दा बढी २७ पटक अगं्रेजी भाषाका लेखकले साहित्यमा नोबल पुरस्कार पाएका छन् । त्यस पछि फ्रान्सेली भाषाका लेखकले १४ तथा जर्मनी भाषाका लेखकले १३ पटक यो पुरस्कार पाएका छन् । विस्टन चर्चील साहित्य र शान्ती दुवै विधाको मनोनयनमा पर्ने ब्यक्ति हुन् । उनी सन् १९४५ देखि १९५३ को विचमा २१ पटक साहित्यक मनोनयनमा परे । दुई पटक शान्ती नाबेल पुरस्कारका लागि मनोनयनमा परे । उनले सन् १९५३ मा साहित्यमा नोबल पुरस्कार पाए ।

यो पुरस्कार लेखकलाई प्रदान गरिन्छ । तथापी नौ जना यस्ता ब्यक्ति छन् जसको कृतीका लागि नभइ अन्य ढंगको साहित्यीक योगदानका कारण साहित्यको नोबल पुरस्कार पाएका छन् । यस्तो उपलब्धी पाउने पहिलो ब्यक्ति मिखायल सोकोलोभ हुन् । उनले सन् १९६५ मा पुरस्कार पाएका थिए । साहित्यका लागि प्रदान गरिने नोबल पदक स्वीडेनका इरिक लीन्डबर्गले डिजायन गरेका हुन् । (एजेन्सी)

प्रतिक्रिया