अभिनेत्रीको भूमिकामा रोबोट

robotटोकियो । विश्वमै पहिलोपटक जापानी एक फिल्ममा अभिनेत्रीको रुपमा रोबोटलाई काम गराइएको छ । जापानी फिल्म ‘सायोनारा’मा रबरको छालाले बनेको ‘जेमिनाइड एफ’ नामको रोबोटले अभिनेत्रीको रुपमा काम गरेको छ ।

पश्चिम जापानको ओसाका यूनिभर्सिटीका प्रख्यात रोबोट डिजाइनर ‘हिरोसी इसिगुरो’ले ‘जेमिनाइड एफ’ नामक रोबोटलाई अभिनेत्री बनाएका हुन् । यस रोबोट अभिनेत्री मानिसले जस्तै हास्ने, मुस्कुराउने र आफ्नो ओठ हल्लाउन सक्षम छिन् । यतिमात्र उक्त रोवोटलाई गीत गाउने र आवाज नक्कल गर्न सक्ने आधारमा बनाइएको छ । यस रोबोट अभिनेत्रीलाई बनाउन लगभग ७ लाख ७६ हजार पाउन्ड खर्च लागेको फिल्मका निर्देशक कोजी फुकादाले बताए ।

यद्यपी, फिल्ममा रोबोट अभिनेत्रीलाई ह्वील चियरको साहारामा हिडेको देखाइएको छ । उक्त फिल्म ‘२८औँ टोकियो इन्टरनेसनल फिल्म फेस्टिभल’मा प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया