विमला महत, पुरानो कम्युनिस्ट कार्यकर्ता । तेह्रवर्ष पहिले एमाले नेता लालबाबु पण्डित सँग बैवाहिक जीवनमा बाँधिएपछी उनको राजनैतिक जीवन छायाँमा प¥यो । उनको भुमिका कुशल गृहणीको रुपमा सिमित बनेको छ । सामान्य जीवन शैली रुचाउने र प्रष्ट बोल्ने विमलालाई पति सामान्य प्रशासन मन्त्री हुँदा मन्त्राणी भएको रवाफले छोएन । मन्त्री हुँदा राम्रो छवि बनाएका पण्डित पत्नीको जीवनशैली पनि सामान्य छ । भड्कीलो दैनिकी उनको रुचाइ होइन । मन्त्री निवासमा प्रबेश हुँदा पनि चाल चलनमा भिन्नता देखिएन । तिनकुनेमो सामान्य डेरामा बसेर गुजरा चलाउदै रहेकी महतसँग सौर्य दैनिकले गरेको संवाद उनकै शब्दमा ः
लालबाबु जि १९ महिना सामान्य प्रशासन मन्त्री हुँदा मलाई धेरैले मन्त्राणी भन्थें । मलाई भने आफू मन्त्राणी भएकोमा कुनै अनौठो लागेन । हिजो जे थिए, आज त्यहि हुँ भन्ने लाग्यो । पुलचोकको सुविधा सम्पन्न मन्त्री निवास भन्दा मलाई यहि चिसो तीन कोठे वासस्थान आनन्दको लाग्छ । एकछिन चुपलागेर बस्न सक्दिन, बोली रहनु पर्छ । त्यहाँ को सँंग बोल्नु ? दिनभरि एक्लै । कहिले टिभि हेर्थे कहिले अनलाइनमा समाचार पढ्थें । त्यहि निवासमा धेरै मन्त्री पत्नीहरुको रवाफ नदेखेको होइन । तर, मलाइ रवाफ वा वैभवको जीवनले कहिल्यै आर्कषण गरेन । सामान्य जीवन प्यारो लाग्छ । कम्युनिस्ट भनेको सरल र सहज बन्नु पर्छ भन्ने सिकेर कम्युष्टि भएकी हुँ । धेरैलाई यही सिकाँए । त्यो कुरा मेरो मनमा खिल जस्तै गढेर बसेको छ । लालबाबुजीसंग मेरो सबै आनिवानी र स्वभाव मिल्छ । न मिल्ने एउटै कुरा हो उहाँ कम बोल्ने, म एउटै कुरा धेरै पटक बोल्ने ।
उहाँ मन्त्री भएको सुरुको दिनहरुमा निवासमा भिडभाड हुन्थ्यो । तर, उहाँलाइ कसैले प्रभावमा पार्न सक्दैन । आफ्नै विवेकले सहि निर्णय लिने स्वभावका छन् भन्ने थहा पाए पछि भिड पातलीदै गयो । पछि उहाँको कामको प्रशंशकहरुमात्र आउन थाले । मन्त्रिहरुलाइ सरुवा वडुवाको निकै पे्रशर आउछरे भन्ने सुनेको थिएँ । उहाँको मन्त्रालय पनि सरुवा र वडुवासंग सम्वन्धीत भएकोले होला । उहाँ मन्त्री भएको केहि दिनमा मेरो एक आफन्तले मसंग भने, ‘ लौन सरुवाको लागि मन्त्रीजीलाइ भनि दिन प¥यो ।’ म पनि अलि फरक स्वभावको छु । ती सिफारीस गर्ने आफन्तलाइ भनें ‘अहिले मन्त्री उहाँ हो । के कुरा छ उहालाइ नै भन्नु, म मन्त्री भए भने मलाइ भन्नु होला’ । त्यस पछि मसंग कसैले कुनै सिफारीस गरेनन् ।
उहाँ मन्त्रि भएसंगै धेरै सकारात्मक र थोरै नकारात्मक कुरा सुनियो । त्यसलाइ मैले सामान्य रुपमा लिए । राम्रो काम गर्न खोज्नेको पनि आलोचक भेटिनु हाम्रो समाजको लागी कुनै नौलो कुरो होइन । उहाँको श्रीमती भएकोमा मलाइ गर्व छ । ढिलै विहे गरे पनि इमान्दार र कर्तव्य निष्ठ व्यक्तिसंग बिहे गरेछु भन्ने लागेको छ । बाटोमा हिड्दा चिन्नेले भन्छन् ! यीनी त लालवावुकाी श्रीमती हुन भनेर । लालवावु जस्तै तिनचार जना नेता भए देश वन्थ्यो भन्नेहरु पनि देखेको छु । हाम्रो लागी यहि सम्पत्ति हो । ऐस र आरमले मात्र जिवन चल्दैन । मलाइ कहिलै धन सम्पत्तिले लोभ्याएन । सामान्य रुपमा पनि जिवन चलाउन सकिन्छ । विलासीताले मात्र मान्छे बाच्न सक्छ भन्ने भ्रम म मा छैन । उहाँ मन्त्री भएको चारदिनसम्म यहि कोठामा बस्यौ । एउटा कोठामा उहाँको अंगरक्षक सुत्थे, अर्कोमा श्रीमान्, छोरी र म । हामीलाइ केहि असजिलो भएन । मन्त्री हुने वित्तिकै कतिवेला निवासमा सह्रौ भन्ने हतारो लागेन, मलाइ । आरामसंग गयौ, सहयोगीसंगै मिलेर कोठा मिलाएर सह्रयौ ।
उहाँसंग कहिले काहिं विहेभोज वा पार्टीहरुमा जान्छु । तर, मलाइ तडक भडक पटक्कै मन पर्दैन । सामान्य रुपमा जान्छु । कसैलाइ म मन्त्री पत्नी हुँ भनेर चिनाइ रहन चाँहदीन । कार्यक्रमहरुमा जाँदा अरुसंगै बस्न मन पर्छ दुःख सुखका कुरा गर्न पाइन्छ । गजदम्ब मञ्चमा बस्न दिक्क लाग्छ । पहिले पनि यस्तै हो र आज पनि । मन्त्री निवासमा वस्दा सहयोगीहरु संगै काम गर्थे । उनीहरु छक्क पर्दै भन्थें, ‘हजुर आरम गर्नु हामी सबै गर्छौ ।’ तर, मेरो मनै मान्दैनथ्यो । निवसमा मान्छे आइरहने हुँदा तरकारी धेरै चाहिन्थ्यो । सहयोगीलाइ लिएर कालीमाटी तरकारी किन्न आफै जान्थें । निजिकाममा सरकारी गाडी प्रयोग गरीन । मलाइ थाहा थियो । मन्त्रीको पद सधैको लागी हुदैन, छोटो हुन्छ । बेकारमा केहि दिनका लागी किन बानी विगार्नु । आफ्नो हैसियतले जे भ्याउछ त्यहि अनुसार चल्नु पर्छ भन्ने ठान्थें । माघमा शालि नदीजान मन लाग्यो । छोरीलाइ लिएर गए । तिनवटा गाडि फेर्नु प¥यो । चाहेको भए सरकारी गाडिमा जान सक्थें । तर, मलाइ सरकारी गाडि प्रयोग गर्न मन लागेन । कत्तीले त भने पनि, ‘मन्त्री पत्नी भएको बेला के तिन तिन वटा बस चडेर गएको खुरुक्क सरकारी गाडिमा नगएर ।’
मन्त्री निवासमा आफूले प्रयोग गर्ने भाडाकुडा, ओड्ने ओछयाउने आफैले लानु पर्ने रहेछ । हामीले घरमा प्रयोग गरीरहेका सामान लग्यौ, नयाँ केहि किनेनौ । जे लिएर गएका थियौ त्यहि लिएर आयौं । कयौले नयाँ सामान जोडेको पनि देखे । मलाइ कत्तिले भन्थें, ‘कस्तो सामान्य बसाइ ।’ मलाइ त्यसैमा आनन्द लाग्यो । दुइचार महिनाको लागी तडक भडक गरेर के गर्नु ? भन्ने लाग्यो । सानै देखि सरल रुपमा बसेकोले होला सामान्य दैनिकी र हाइहेलो मन पर्छ ।
मलाइ धेरै घुमघाम गर्न र महंगो ठूलो सपिङमलहरुमा किनमेला गर्न मन लाग्दैन । मन्त्री भएको वेला उहाँसंग सिंगापुर जाने अवसर पाए । एउटा कार्यक्रममा उहाँलाइ निम्ता थियो । उहाँको खर्च सरकारले व्यहो¥यो मेरो आफैले व्यहो¥यौ । नेपालमा पोखरा र नेपालगञ्ज गएका छौं । सामान किन्न नै भनेर खासै गइदैन । बाटोमा हिड्दा फुथपाथमा जहाँ सस्तो भेट्यो त्यहि मनपरेको समान किन्छु । उहाँको आवस्यक सामान पनि आफै किनीदिनु पर्छ । उहाँले एक पटक नेपालगञ्जबाट दुइवटा साडि ल्याइदिनु भएको थियो । ‘त्यो पनि अरुको करमा किनेको’ भन्नुहुन्थ्यो । उहाँले किनेर दिएको समान त्यही हो । नत्र आफै किन्छु । अहिलेसम्म लगाएको महंगो साडी भनेको एउटा तिन हजार रुपैया पर्ने हो । अरु फुथपाथ र सामान्य पसलमा किनेका सस्ता छन् । छोरीलाइ पनि सामान्य कपडा किनिदिन्छु । झपक्क गहाना लगाएर हिड्न मन लाग्दैन । लगाउनै प¥यो भने पनि अफ्ठेरो लाग्छ । जे होस्, आज सम्म किन नराम्रो लगाएको कसैले भनेको छैन यसैमा सन्तुष्ट छु । होटलमा गएर खादैनौं । घरमा जे हुन्छ त्यहि खाने हो ।
नेताको कोठा भएकोले जिल्लाको कार्यक्रता आइरहन्छन् । हाम्रो साँघुारो बसाइ सबैलाइ थाहा छ । तैपनि कहिले काहिं अफठेरो परर आएका यहि बस्छन् । हामीलाइ केहि फरक पर्दैन, मिलेर बस्छौं । मलाइ मान्छे आउदाँ खुसी लाग्छ । जे छ खुसीले खान दिन्छु । किन आए भन्ने लाग्दैन । अहिले राजनितीमा सक्रिय नभए पनि पहिला मैले पनि राजनीति गरेको हुँ । त्यसैले उहाँको व्यस्तता र कार्यर्कताको आउ जाउ बुझछु । सकेसम्म उहाँलारुइ सघाँउने प्रयास गरेको छु ।
उहाँ मन्त्री हुनु पूर्व सुन्थे,‘मन्त्रीहरुलाइ उपहारको ओइरो लाग्छ रे । ’तर, उहाँँलाइ कसैले केहि ल्याइ दिएनन् । ल्याउन् भन्ने चाहना हामीमा थिएन पनि र कहिल्यै भएन । हामी दुइ सामान्य रुपमा बाच्न चाहने र अरुसंग आस नगर्ने भएर होला त्यस्तो चाहेनौं । मैले कहिल्यै पनि र केही कुरामा पनि गुनासो गरीन । राम्रोसंग वस्यौ व्यवस्थीत डेरा बनाउ भनेर । मान्छेको बुझाइमा व्यवस्थीत भनेको भौतिक संरचना व्यवस्थीत हुनु हो । तर, म सन्तुष्टसंग इज्जतले बस्नुलाइ व्यवस्थीत ठान्छु । आज आम मान्छेको नजरमा लालवावु प्रति श्रद्धा र सम्मान छ । मेरो लागी यो भन्दा ठूलो अरु केहि हुन सक्दैन । भौतिक सम्पत्तिको घेरा भित्र बसरे जनताले औला ठडाए भने त्यो भन्दा लज्जीत अरु केहि हुदैन । उहाँले कसैलाइ औला ठडाउने मौका दिनु भएको छैन । मलाइ लाग्छ परिवारको मात्र होइन देश र जनताको पनि उहाँ प्रति कुनै गुनासो छैन होला ।
म सधै भन्छु, हिजो पनि सामान्य थियौ आज पनि सामान्य छौ । उहाँ मन्त्री हुदाँ अरुको नजरमा अलि भिन्न देखियौ होला । यो कोठाबाट जस्तो अवस्थामा गएका थियौ, त्यसै अवस्थामा फर्किएका छौ । वरपरकाले पनि यहि भन्छन्, ‘ तपाँइहरु त जसरी जानु भएको थियो त्यसै गरी आउनु भयो ।’ मान्छेको नजरमा म पूर्व मन्त्री पत्नी हुँ । लाग्नसक्छ ,हामीलाइ देश र जनताले भोगेको समस्याले छोएकै छैन भन्ने । हामीले पनि सारा नेपालीले भोगेको समस्या भोगका छौ । ग्यास सकिएको छ । म कता पाइएला भनेर लाइन बस्न जाने तरखरमा छु । आम जनता र हामीमा केहि फरक छैन । न हिजो थियो, न आज छ । त्यसैले मलाइ आफ्नो भोगाइ उहाँको स्वभावसंग कुनै दुःख वा गुनासो छैन, जे छ राम्रो ।
प्रस्तुतिः चमिना भट्टराई
प्रतिक्रिया