कायरो, १५ कात्र्तिक । सिनाइमा भएको रुषी जहाज दुर्घटनामा पर्नेहरुको सनाखत गर्ने र आफन्तको खोजी गर्ने काम तीब्र रुपमा भइरहेको छ । जहाजमा २२४ जनाले यात्रा गरेकोमा १६३ जनाको शब फेला परेको छ । दुर्घटनाको १५ किलो मिटरसम्म शब छरिएका छन् । इजिप्टमा छुट्टै राज्यको माग गरिरहेको शैस्नय समुह जिहादिस्टले घटनाको जिम्मेवारी लिए पनि इजिप्टका प्रधामन्त्रि सरिफ इस्माइलले जहाज उडिरहेको ९४५० मिटरबाट कुनै सैन्य समुहले आक्रमणको प्रभाव नरहने जनाएका छन् । उनले विज्ञहरुलाई उदृत गर्दै सो कुरा बताएका हुन् । रुषी यातायात मन्त्रि मास्कीभ सोकोलोभले पनि सैन्य आक्रमणको कुनै प्रमाण नभेटिएको जनाएका छन् ।
तीन ठूला एयरलाइन्स कम्पनी इमिरेट्स, एयर फ्रान्स र लुफ्थान्साले थप जानकारी नआए सम्म सिनाइको क्षेत्रमा यात्रा नगर्ने जनाइसकेका छन् । ब्रीटीस एयरवेज र इजि जेटले भने आफ्नो रुट परिवतृन नगर्ने जनाएका छन् । सारेम अल सेख विमानस्थलबाट सेन्टपिटबर्गतर्फ गइरहेको एयरबस शनीबार बिहान दुर्घटनामा परेको हो । रुषी र इजिप्टका संगै एयरबसको केन्द्रिय कार्यलय रहेको फ्रान्सका विज्ञ पनि अनुसन्धानमा सक्रिय रहेका छन् । उद्धार कार्यका लागि रुषी टोली पनि घटनास्थलमा पुगीसकेको छ । इजिप्टका अधीकारीका अनुसार १५ किलोमिटर वरपरसम्म शबका टुक्रा छरिएका छन् । एक तीन बर्षिय बालीकाको शब टुक्रीएर आठ किलोमिटर परसम्म भेटिएको थियो । विमानको ब्ल्याकबक्स भेटिएको छ र अनुसन्धानका लागि लगीएको छ ।
इजिप्टका नागरिक उड्यान मन्त्रि होसाम कमालले उडानको समयमा कुनै कठिनाय नभएको बताएका छन् । विमानका ए कसहचालीकाकी विधवाले भने उनका श्रीमानले प्राबीधीक समस्याको बारे जानकारी गराएको दावी गरेकी पछिन् ।
पर्यटकीय उद्धोग क्षतविक्षत भएको इजिप्टमा यो विमान दुर्घटनाले अर्को धक्का दिएकाले थप अनुसन्धान हुने जनाइएको छ । २५ बच्चा सहीत विमानमा २१७ जना कर्मचारी थिए । सात विमान कर्मचारी रहेका थिए । इजिप्टका अधीकारीले २१३ यात्रु रुषी तथा चार जना युक्रेनको भएको जनाएको छ । तर, रुषी अधीकारीका अनुसार कम्तीमा एक बेलारुषका ब्यक्ति पनि यात्रसु थिए । दुर्घटनामा परेको जहाजको एउटा टुक्रा बलीरहेको छ भने अर्को टुक्रा ढुंगामा ठोक्कीएको थियो ।
प्रतिक्रिया