‘पुरानाको योगदान बिर्सनु हुँदैन’

kathmanduकाठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्वपदाधिकारीहरूले खेलकुद क्षेत्रमा पु¥याएको योगदान बिर्सन नहुने बताएका छन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्वपदाधिकारीहरूको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्यसचिव विष्टले यस्तो धारणा राखेका हुन् । सदस्यसचिव विष्टले सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको र खेलकुद बुझेको व्यक्ति ठहर गर्दै परिषद्ले ध्रुवजीको नेतृत्वमा काठमाडौं जिल्लामा सन्तुलित टिम पठाएको बताउँदै दलगत स्वार्थभन्दा माथि उठेर खेलकुद र खेलाडीको विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले वर्तमान अध्यक्ष खेलकुदसँग भिजेको व्यक्ति भएकाले उनको कार्यकालमा काठमाडौं जिल्लाको खेलकुदले फड्को मार्ने विश्वास व्यक्त गरे ।
समितिका नवनियुक्त अध्यक्ष ध्रुवराज न्यौपानेले कसैलाई पनि पक्षपात नगरी काम गर्ने बताउँदै काठमाडौं जिल्लाको खेलकुद विकासका लागि हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । उनले काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको परिपाटी अवलम्बन गरिने बताए । न्यौपाने ९ साउनमा काठमाडौं जिल्लाको अध्यक्षमा मनोनित भएका थिए । (सौस)

प्रतिक्रिया