आयो पीयूषको ‘साँसे’

sanseवीरगञ्ज, २१ साउन । वीरगञ्जका स्थानीय पीयूष कर्ण र अलिसा बस्नेतको अभिनय रहेको हिन्दी म्युजिक भिडियो साँसेको पहिलो गीत सार्वजनिक गरिएको छ । हिन्दी म्युजिक भिडियो साँसेलाई वीरगञ्जस्थित स्विमिङ पुल परिसरमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
राहुल शर्माले निर्देशन गरेको म्युजिक भिडियोको गीतमा संगीतकार सदाम हुसेन सहनीले संगीत दिएका हुन् । राजधानी काठमाडौंमा २४ दिनको मेहनत र २ लाख ४० हजारको लागतमा निर्माण पूरा भएको पीयूषले बताए । एल्बममा नायिकको भूमिका निर्वाह गरेकी अलिसाले योभन्दा पहिला नेपाली म्युजिक भिडियो काम गरिसकेकी छन् भने नायक पीयूष कर्णको यो पहिलो हिन्दी म्युजिक भिडियो हो ।
२२ वर्षीय कर्ण भारतको कर्नाटक राज्यको राजधानी बेंग्लोरमा सम्पन्न मिस्टर कर्नाटक उपाधि जित्न सफल पहिलो नेपाली हुन् । हाल उनी बेंग्लोरमै बिएसी फैसन टेक्नोलोजी तेस्रो वर्ष र इन्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत छन् । सफल कोरीयोग्राफर बन्ने उद्देश्यका साथ आफू लागि परेको पीयूष बताउँछन् ।
पहिलोपटक निर्माण गरिएको हिन्दी म्युजिक भिडियोमा पाँचवटा गीत रहेको र करिब १५ लाख रुपैयाँ लागत लागेको पीयूषले जानकारी गराए ।

प्रतिक्रिया