निर्वस्त्र अवस्थामा महिलाको शव भेटियो

गोरखाबजार, १ साउन । गोरखाको गाँखु गाविस–५ स्थित नयाँबजार नजिकैको खोलामा आज एक महिलाको शव भेटिएको छ ।

निर्वस्त्र अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

निधारमा चोट लागेको अवस्थामा करिब ५५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान हुन सकेको छैन ।

शव परीक्षणका लागि गोरखा जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया