लन्डन । विश्व नम्बर एक सेरेना विलियम्सले विम्बल्डन टेनिसको महिला एकलतर्पmको उपाधि जितेकी छन् । शनिबार भएको फाइनलमा सेरेनाले शनिबार बेलुका भएको खेलमा गाबाइन मुगुरुजालाई ६–४ र ६–४ को सेटमा पराजित गरिन ।
फाइनलमा एक घन्टा २३ मिनेटसम्म खेलेकी उनले प्रतियोगितामा आठ डबल फल्ट गरिन् । यस उपाधिसँगै सेरेनाले इतिहास रच्नका लागि तीन पदकले पछि छिन् । टेनिस इतिहासमा सर्वाधिक पदक हात पार्ने अस्ट्रेलियाका महान टेनिस खेलाडी मार्गरेट कोटले २४ उपाधि हात पारेकी छिन् ।
त्यस्तै ३३ वर्षकी सेरेनाले ६ विम्बल्डनसहित २१ वटा ग्रान्डस्लाम उपाधि जितेकी छन् । यसवर्ष मात्रै सेरेनाले तीन वटा ग्रान्डस्लाम उपाधि जितेकी छिन् । यसवर्ष सेरेनाले अस्ट्रेलिया ओपन, पे्रmन्च ओपन र विम्बल्डनको उपाधि जितिन् । सेरेना सबैभन्दा बढी उमेरमा योपदक हात पार्ने खेलाडीसमेत बनिन् ।
अब सेरेना अमेरिकी ओपनको उपाधि आफ्नो नाममा लेखाउँदै क्यालेन्डर ग्रान्डस्लाम पूरा गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छिन् । उनले यदि यो सफलता हात पारिन् भने सन् १९९८ मा स्टेफी ग्राफपछि क्यालेन्डर ग्रान्डस्लाम पूरा गर्ने उनी पहिलो महिला टेनिस खेलाडी बन्नेछिन् । (एजेन्सी)
प्रतिक्रिया