हलमा जंगभूमि

jungaकाठमाडौं । एकताका नेपाली फिल्ममा अभिनय गरेर स्थापित भएका अभिनेता विराज भट्टले भोजपुरी भाषामा अभिनय गरेका फिल्म नेपालमा रिलिज हुने क्रम बढ्दै गएको छ । यसैक्रममा विराजद्वारा अभिनित भोजपुरी भाषाको फिल्म ‘जंगभूमि’ शुक्रबारबाट अल नेपाल रिलिज भएको छ ।
नेपाली भाषामा डबिङ गरिएको फिल्मलाई यहाँ कलाकार, निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले निर्माण गरेका हुन् । फिल्ममा विराजले दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री रानी चटर्जीसँग रोमान्स गरेका छन् । निर्माता श्रेष्ठका अनुसार फिल्मले नारी संघर्षलाई एक्सनपूर्ण रूपमा प्रस्तुत गरेको छ । फिल्मलाई नेपालमा रिच इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
‘हलसम्म दर्शक नगइरहेको समयमा विराजको एक्सनले दर्शकलाई तान्ने छ भन्नेमा म विश्वस्त छु ।’ फिल्ममा विराजबाहेक अधिकांश कलाकार र प्राविधिक दक्षिण भारतका छन् । (सौस)

प्रतिक्रिया