मुर्रे र फेडेरर क्वाटरफाइनलमा प्रवेश

Murray12_3366411cलन्डन, २३ असार । एन्डी मुर्रे, दोस्रो वरीयताका रोजर फेडेरर र स्विडेनका वारियन्का विम्बल्डन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राती भएको खेलमा मुर्रेले क्रोएसियाका कालोभिकलाई ३–१ सेटमा पराजित गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलमा मुर्रेले ७–६, ६–५, ५–७ र ६–४ को जित हात पारे ।
अन्तिम आठमा रहेका मुर्रेले सेमिफाइनल प्रवेशका लागि क्यानडाका पोस्पिसिलसँग प्रतिस्पर्धा गर्नेछन् । यता पोस्पिसिल भने बेलायतका जवार्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
यस्तै, फेडेरर पनि स्पेनका वाटिस्टालाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । फेडेररले बाटिस्टालाई ६–२, ६–२ र ६–३ को सेटमा पाखा लगाए ।
उनले सेमिफाइनल प्रवेशका लागि फ्रान्सका जी सिमोनसँग प्रतिस्पर्धा गर्नेछन् । सिमोनले भने फ्रान्सका नै मोनफिल सोङ्गालाई पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएका थिए ।
वारियन्का बेल्जियमका गोफिनलाई ३–० पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । वारियन्काले निकै प्रतिस्पर्धात्मक खेलमा ७–६, ७–६, र ६–४ को सेटमा पराजित गरेका थिए । उनले सेमिफाइनल प्रवेशका लागि फ्रान्सका २१औँ वरीयताका गास्कोटसँग प्रतिस्पर्धा गर्नेछन् ।
यता, गास्कोट भने अस्ट्रेलियाका क्यारगियोसलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए । विश्व नम्बर एक नोभाक जोकोभिक र केभिन एन्डरसनबीचको खेल भने खराव प्रकाशका कारण बीचमै रोकिएको छ । जोकोभिक पहिला दुई सेटमा पराजित भएका थिए । तथापि, उनले उत्कृष्ट पुनारागमन गर्दै पछिल्ला दुई सेट जिते । त्यसपछि खेल २–२ को बराबरीमा ल्याएपछि खराब प्रकाशका कारण खेल रोकिएको थियो ।

प्रतिक्रिया