एनओसी नेतृत्व साग बैठकमा

nocकाठमाडौं । भारतमा हुने १२आँै दक्षिण एसियाली खेलकुद (साग) तयारीको बैठकमा भाग लिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटी (अन्तर्राष्ट्रिय मान्यता प्राप्त)का अध्यक्ष धु्रवबहादुर प्रधान, महासचिव जीवनराम श्रेष्ठ मंगलबार त्यसतर्पm प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय एयरपोर्टमा प्रस्थान गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपालको सहभागिता र तयारीको बारेमा छलफल गर्ने बताए । उनले विगतमा सहभागिता जनाउने गरेका खेल अलवा मेडलका सम्भावना रहेका अन्य खेलको सहभागिताका बारेमा पनि लभिङ गरिने जानकारी गराए । सदस्य–सचिव विष्टले बैठककै दौरान नेपाली खेलकुदको विकास बिस्तारका बारे देशका खेलकुद निकायका नेतृत्वसँग छलफल गरिने बताए ।

उनले विनाशकारी भूकम्पबाट प्रभावित नेपाली खेलकुद र त्यसपछिको परिस्थितिका बारेमा समेत छलफल गरिने जनाए । सोही अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले दक्षिण एसियाली बैठकले आयोजनाको मिति, समय, स्थान र खेल संख्याको बारेमा निर्णय गर्ने बताए । २३ असारमा हुने एक दिने बैठकमा राखेपका उपाध्यक्ष एवं एनओसीका सह–महासचिव लामा टेण्डी शेर्पाले पनि सहभागिता जनाउनेछन् । नेपाल बास्केटबल संघका अध्यक्षसमेत रहेका लामा दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपका लागि बैग्लुरु गएका थिए । (सौस)

प्रतिक्रिया