चिलीलाई पहिलोपल्ट कोपा अमेरिकाको उपाधि

Chile-v-Argentina-Copa-Amerसाटिन्यागो । आयोजक राष्ट्र चिलीले आइतबार बिहान कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । सान्टियागोको राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै चिलीले पहिलोपटक कोपा अमेरिकाका उपाधि उचाल्न सफल भयो ।
यसअघिको खेलमा अर्जेन्टिनाले पहिलो हाफको छैटौँ मिनेटमा गोलको राम्रो अवसर सिर्जना गरेको थियो । सर्जियो अग्युरोको पासमा चिलीका दुई खेलाडीका बीच बल मेसीले गरेको प्रहार चिलीका डिफेन्डरले क्लियर गरेका थिए । चिली सान्चेजले पहिलो हाफ सकिनुभन्दा केही समयअगाडि गरेको भली प्रहार अर्जेन्टिनाका गोल रक्षक रोमेरोले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको २० मिनेटमा मेस्सीको फ्रि–किक प्रहारमा अग्युरोले हेडिङ गरे पनि बलले जाली चुम्न सकेन । पहिलो हाफमा सकिनुभन्दा केही समयअगाडि मात्र अर्जेन्टिनाका जाभियर पास्टोरेको पासमा लाभेजीको प्रहार चिलीका गोलरक्षक ब्राभोले रोके ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेका थिए । जसमा ८२औँ एलेक्स सान्चेजको हुक भली प्रहार बारमाथिबाट बाहिरिएको थियो । खेलको अन्तिम समयमा नजिकैबाट ह्युगेनले अर्जेन्टिनाका लागि गोल गर्ने राम्रो अवसरमा गोल गर्न चुके । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रकरमा मोडिएको हो ।
टाइब्रेकरमा धकेलिएको खेलको पहिलो पेनाल्टी निकै रोमाञ्चक बनेको थियो । जसमा टाइब्रेकरमा चिलीका फर्नान्डेजले पहिलो गोल गर्दै १–० को अग्रता दिलाए । त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै १–१ को बराबरी गरे ।
त्यसपश्चात्को खेल एकतर्फ मोडिएको थियो । चिलीको तर्फबाट आर्टुरो भिडाल र चाल्र्स अरान्गेजले लगातार गोल गरे तर अर्जेन्टिनाका गोन्जालो हेगुइन र एभर बेनेगाले पेनाल्टीमा गोल गर्न सकेनन् । जसको कारण चिली ३–१ ले अघि रह्यो ।
त्यसैगरी, चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका एलेक्स सान्चेजको सुन्दर गोलसँगै चिलीललाई कोपा अमेरिकाको उपाधि दिलाए ।
सान्टियागोमा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनालाई टाइब्रेकरमा हराउँदै घरेलु मैदान र समर्थकको साथ पाएको चिलीले नयाँ इतिहास रच्यो । चिली कोपा अमेरिकाको इतिहासमा छैटौँपटक फाइनल खेल्दै उपाधि जित्न सफल भएको भयो । यसअघि चिलीले पाँचपटक फाइनलमा पुगेर पनि उपाधि हात पार्न सकेको थिएन ।
जितसँगै चिलीले सन् १९५५ मा आफ्नै घरेलु मैदानमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग भोगेको हारको बदलासमेत लियो । उक्त खेलको फाइनलमा चिलीलाई अर्जेन्टिनाले १–० ले हराएको थियो ।
यसपटकको कोपा अमेरिकाको फाइनलमा पराजित भएको अर्जेन्टिना गत वर्ष ब्राजिलमा सम्पन्न विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।
चिलीका लागि भने यो उपाधि मुख्य फुटबल प्रतियोगितामा पहिलो उपाधि हो । अर्जेन्टिनाको भने २२ वर्षदेखिको उपाधि जित्ने सपना फेरि एकपटक पूरा हुन सकेन । सन् १९९३ मा कोपा अमेरिका जितेको अर्जेन्टिना त्यसपछि उपाधिविहीन छ । २२ वर्षपछि ठूलो उपाधि उचाल्ने उद्देश्य लिएको अर्जेन्टिना फेरि मैदानमा चुकेको छ तर चिलीले भने ९९ वर्षे इतिहासमा पहिलोपल्ट कोपा अमेरिकामा आफ्नो इतिहास रच्यो । (एजेन्सी)

प्रतिक्रिया