रौतहटमा भारतीय चिकित्सक पक्राउ

Doctorरौतहट, २० असार । रौतहट जिल्लाको भलोहिया गाविसमा एक व्यक्तिको मृत्यु भएपछि प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

सुई लगाइएको केही मिनेटमै भलोहिया गाविस–२ का ५० वर्षीय रफिक मियाको मृत्यु भएपछि प्रहरीले शनिबार पिपराबजारमा २५ वर्षदेखि आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका भारत सीतामढी जिल्ला सैतपुर्वा गाउँ बस्ने रवि अहमदलाई पक्राउ गरेको हो ।

बिरामीलाई चिकित्सक अहमदले सुइ दिएपछि ज्यान गएकाले अहमदलाई आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको स्थानीयको भनाइ छ ।

स्वास्थ्य खराब भएपछि उपचारार्थ पुग्दा ती चिकित्सकले रोगको पहिचान नगरीकनै सुई लगाउँदा मृत्यु भएको आफन्तको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया