धनगढी । कैलालीको धनगढी नगरपालिका– ५ जाइमा गोली प्रहारबाट गरी एक युवकको हत्या गरिएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भीर घाइते कुमार बोहराको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो । जाई गाउँबाट धनगढी बजारतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला उनलाई अज्ञात व्यक्तिले छातीमा गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्या गर्नेको खोजी गरिरहेको इन्सपेक्टर सूर्यबहादुर चन्दले बताए ।
गोली प्रहारबाट मृत्यु हुने बोहराको पुख्र्यौली घर डोटीको गडसेरा गाविसमा रहेको उनका आफन्तले बताएका छन् । गोली प्रहार गर्ने व्यक्ति मृतककैै सहोदर भाइ दिनेश बोहरा हुनसक्ने आफन्तले शंका गरेका छन् । दाजुभाइबीच लामो समयदेखि अंशसम्बन्धी विवाद रहँदै आएको थियो । गत वर्ष मात्र बोहराका पिताकोे पनि २६ दिनपछि डोटीको विपीनगरमा मृत अवस्थामा शव भेटिएको थियो । (सौस)
प्रतिक्रिया