ब्राउन ब्वाईदेखि प्रो.गल्फरसम्मको यात्रा

sachinकाठमाडौं, २२ जेठ । गल्फ खेललाई निकै महँगो खेलका रूपमा लिइन्छ । त्यसैले समान्यतया गल्फ खेल केही उच्चवर्गका पात्रले मात्र खेल्न सक्छन् भन्ने धारणा आममानिस र खेलप्रेमीहरूमा पर्दै आएका छ ।

तथापि, गल्फमा धेरै सफलता हात पारेका खेलाडीहरू आमनेपालीझैँ सामान्य परिवारका नै रहेका छन् । विश्व नम्बर एक गल्फर टाइगर उड देशी नेपालका नेम्बर एक प्रो. गल्फर शिवरामले क्याडीका रूपमा गल्फमा प्रवेश गरेका थिए ।
त्यस्तै, पात्रका रूपमा परिचित अर्का खेलाडी हुन् प्रो. गल्फर एवं गल्फ प्रशिक्षक सचिन भट्टराई । सचिनले सन् १९८७ मा गल्फ खेलमा प्रवेश एउटा ब्राउन ब्वाईका रूपमा गरेका थिए । सुरुमा उनले एकैचोटि गल्फ खेल्ने अवसर पाएनन् र उनी ब्राउन ब्वाईका रूपमा काम गरे पनि उनको नजर भने अरूले खेलेको तरिका तर्फ जाने गथ्र्यो ।
एक वर्षसम्म ब्राउन ब्वाईका रूपमा काम गरेपछि उनले क्याडीका रूपमा काम गर्न थाले । तत्कालीन समयमा पनि क्याडीहरूका लागि प्रतियोगीता हुने गथ्र्यो, जसका कारण उनले पहिलोपटक औपचारिक रूपमा प्रतियोगिता खेल्ने अवसर पाए । त्यसपछि उनी सन् १९९० मा क्याडीहरूका प्रतियोगितामा दोस्रो भए । उनले कसैको प्रशिक्षणविना गल्फलाई अगाडि बढाएका थिए । त्यसपछि सचिन लामो समयसम्म क्याडीका रूपमा काम गर्न थाले सगँसँगै गल्फ खेललाई पनि अगाडि बढाउन थाले ।
क्याडीको कामले गर्दा पनि गल्फका खेलाडीसगँै हिँड्नुपर्ने भएकाले उनलाई गल्फप्रति माया र लगाव नै बसेको थियो । त्यसैले होला आजसम्म उनी प्रशिक्षक बनिसक्दा पनि उनी गल्फ प्रतियोगिताहरूमा भाग लिने गर्छन् ।
गल्फ खेलमा धेरै लामो समयसम्म काम गरिरहँदा उनी खेलाडीभन्दा पनि प्रशिक्षकका रूपमा अगाडि बढेका थिए । क्याडीहरूलाई सटहरूको बारेमा धेरै जानकारी हुन्छ । त्यसैले गल्फरहरू पनि उनलाई सोध्ने गर्थे र उनी सजिलो तरिकाले बताउने गर्थे ।
क्याडीका रूपमा काम गरेका सचिनले सन् १९९७ मा सूर्य नेपाल मास्टर्समा एमेच्योरतर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरे । त्यतिखेर पनि नेपालमा खासै धेरै गल्फका प्रतियोगिता नहुने भएकाले त्यो प्रतियोगितामा खेल्न पाउँदा निकै खुसी भएको सचिन बताउँछन् । क्याडीहरूको प्रतियोगितामा दोस्रो भएका कारणले उनले तत्कालीन समयमा सूर्य नेपाल मास्टर्स खेल्ने अवसर प्राप्त गरेका थिए ।
नेपालमा जब व्यावसायिक खेल सुरु भएका वेला उनले प्रो. गल्फ खेल्ने अवसर पाए । नेपाल गल्फ संघले प्रिक्वालिफाइङ खेलेपछि भारतको जयपुरमा एमेच्योर गल्फ खेल्नका लागि ११ खेलाडी पठाएको थियो । भारतमा राम्रो प्रदर्शन गरेका कारण सचिनलगायत केही खेलाडीलाई गल्फ संघले सन् १९९९ मा प्रो. गल्फर घोषण ग¥यो । प्रो. गल्फर सचिनले सन् २००५ मा काल्र्सवर्ग ओपन गल्फमा दोस्रो भए ।
सन् २००६ मा नेपालमा केही विदेशी खेलाडीको प्रवेशसँगै उनी लगायत शिवराम श्रेष्ठहरूको खेल क्यारियर परिवर्तन भयो । सन् २००६ मा उनले खेलाडी जीवन पछि राख्दै प्रशिक्षकका रूपमा गल्फ खेललाई अगाडि बढाए ।
सन् २००५ मा नेपाल एरोन वर्डको प्ररेणाका कारण उनी प्रशिक्षक बने भने शिवरामलाई एरोन वर्डले नेपाल उत्कृष्ट खेलाडी बनाए । प्रशिक्षकको करियर सुरु गरेपछि पनि उनले प्रतियोगिता खेले ।
नेपालमा जुनियर स्तरमा केही खेलाडी विकास गर्नका लागि नेपाल गल्फ संघले सुरु गरेको युथ गल्फ विकास कार्यक्रममा सन् २००७ देखि उनी प्रशिक्षकका रूपमा काम गर्न थाले । हालसम्म पनि उनी युथ गल्फ विकास कार्यक्रममा प्रशिक्षका रूपमा काम गरिरहेका छन् ।
उनले सन् २०१३ मा युनाइटेड स्टेड गल्फ टिचर्स फेडेरेसनमा तेस्रो लेभलको प्रशिक्षक कोर्स गरे । अमेरिकामा सन् २०१४ मा सचिनले मास्टर्स टिचिङ कोर्स पूरा गर्न सफल भए । नेपालमा हालसम्म यो कोर्स गर्ने उनी एक्लो प्रशिक्षक हुन् । यो कोर्स विश्वको जुनसुकै ठाउँमा गएर पनि उनले प्रशिक्षकको रूपमा काम गर्न सक्ने योग्यता पनि हो । तथापि उनी नेपालको गल्फ र युथ गल्फ विकासमा काम गर्ने उद्देश्यले फर्के ।
सचिन भन्छन्, ‘सैद्धान्तिक कोर्स गरे पनि अब प्रयोगात्मक कोर्स गर्न अस्ट्रेलिया जाने योजना छ ।’ उनी नेपालमा सन् २००७ देखि गल्फको केही विकास भएको हो । नेपालमा जुनियर, क्याडी, एमेच्योर र प्रो. गल्फ विकासमा नागेन्द्र किसन पम्पाटीको सहयोग रहेको बताउँछन् । त्यस्तै, विदेशी प्रशिक्षकहरू एरोन वर्ड, ग्रान्ड ग्यारिसन, डेविड हवार्ड, अजय गुप्ता, ब्रन्डन डिसोजा र नेपालका क्लबहरू रोयल नेपाल गल्फ, गोकर्ण गल्फ क्लबलगायत विभिन्न क्लबहरूको सहयोगमा गल्फमा केही विकास भएको सचिन बताउँछन् ।
नेपालमा गल्फ संघ र रायल नेपाल गल्फ क्लबको सहयोगमा ६–१८ वर्षसम्मका ६५ युथ गल्फर युथ गल्फ विकास कार्यक्रममा सहभागी छन् । अब तिनै युथहरूलाई सफल खेलाडीका रूपमा उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको सचिन बताउँछन् ।
प्रो. गल्फर एवं प्रशिक्षक सचिन भन्छन्, ‘नेपालमा युथ गल्फर एक सय २०, एमेच्योर १० र ६० जना प्रो. गल्फर छन् । उनीहरूका लागि उचित स्रोतसाधन र प्रशिक्षणको व्यवस्था भए नेपालको गल्फ खेल अन्तर्राष्ट्रियस्तरमा पुग्नसक्छ ।’

प्रतिक्रिया