अमेरिकी क्रिकेटमा जम्दै नेपाली चेली

manita3काठमाडौं, १८ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व सदस्य मनिता गौतम अमेरिकाको क्रिकेट टिममा अनुबन्धित भएकी छिन् ।

मनिता अमेरिकाको क्यालिफोर्नियामा रहेको क्षेत्रीय क्लब तथा एकेडेमी युएसए बाका फायरबर्ड क्लबमा अनुबन्धित भएकी हुन् । उनले अमेरिकाको क्रिकेट बोर्डले सञ्चालन गरेको क्षेत्रीय टी–ट्वान्टी गेम खेल्ने अवसर पाएकी हुन् ।

उनको टोलीले न्युयोर्कको ब्रुकलिनस्थित ३३९ गेटवे मैदानमा खेल भएको थियो । उनले उक्त क्लबबाट क्षेत्रीय गेम खेलेको हुन् । जसमा उनको प्रदर्शन उत्कृष्ट रहेको मनिताले अमेरिकाकै राष्ट्रिय टोलीमा समेत सहभागी हुने अवसरसमेत मिल्नसक्ने बताइएको छ ।

उनको टोलीले अमेरीकामा पहिलो खेल न्युयोर्क रिजन, दोस्रो खेल लेगासी सिसीसँग खेलेको थियो । उनी अमेरिकाबाट पहिलोपटक क्रिकेट खेलेकी अलराउन्डर मनिताले मनिताको बलिङ र ब्याटिङ दुवै पक्ष उत्कृष्टसमेत

रहेको छ । उनले उक्त क्लबबाट कुल पाँच खेलमा तीन खेल खेल्ने अवसर पाएकी थिइन् । तीन प्रतियोगितामा कुल पाँच ओभर बलिङ गरेकी मनिताले चार विकेट हात पारिन् । उनले पहिलो खेलमा एक ओभर बलिङ गरे पनि विकेट हात पार्न सकिनन् तर दोस्रो र तेस्रो खेलमा समान दुई ओभर बलिङ गरेकी मनिता समान २–२ विकेट लिइन् ।

दुईपटक नै ह्याट्रिक गर्नबाट चुकेकी मनिताले पहिलो ओभरमा नै विकेट हात पारेकी थिइन् । प्रतियोगिताभर बेस्ट बलर हात पारेकी उनको विपक्षी टिमको खेलाडीले पाँच विकेट हात पारेकी थिइन् । दुई खेलमा उनले ब्याटिङतर्फ भने अन्तिम ओभरमा मात्र ब्याटिङ गर्ने अवसर पाइन् ।

प्रतियोगिताभर उनको बलिङ र फिल्डङ उत्कृष्ट रहेको थियो । मनिताले आफ्नै खर्चमा अमेरिकामा प्रतियोगिता खेलेको बताइन् । उनी भन्छिन्, ‘भनिन् त्यहाँको क्लब एउटा टिम बनाउने प्रक्रियामा रहेकाले बिना पारिश्रमिक खेल्नुप-यो ।’ उनको टिम फायरबर्ड प्रतियोगितामा तेस्रो भयो । सुरुमा क्लबले खासै ध्यान नदिए पनि पछि प्रतियोगितामा राम्रो प्रदर्शन गरेको कारण केही अवसर मिलेको उनी बताउँछिन् ।

यसअघि उनले नेपाली राष्ट्रिय महिला टोलीबाट सन् २०११ मा एसिसी वुमन सिनियर टिममा रहेर कुबेतमा खेलेको थिइन् । नेपालको राष्ट्रिय प्रतियोगिता सुरुमा उनले भैरहवा क्षेत्र नं.४ बाट खेलेकी थिइन् पछि क्यानले क्षेत्र परिवर्तन गरेपछि उनी क्षेत्र नं ८ पोखराको कप्तान भइन् । छैटौँ राष्ट्रिय प्रतियोगितामा उनले मध्यमाञ्चलबाट उपकप्तानका रूपमा खेलेकी थिइन् ।

जसमा उनले प्रतियोगिता ५ विकेट हात पारीन् उनको टिम तेस्रोभन्दा उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनी पहिलोपटक सन् २००९ मा मलेसियाको क्याम्पमा परे पनि पछि उनी फालिएकी थिइन् तर उनी २०१० मा उत्कृष्ट प्रदर्शन गर्दै कुबेतको क्याम्पमा परिन् ।

चितवनको भरतपुरमा जन्मेर त्यहीबाट क्रिकेट प्रारम्भिक प्रशिक्षण राजु खड्काबाट लिएपछि उनी एकेडेमीमा भने प्रशिक्षक सुनिल लामाबाट क्रिकेट प्रशिक्षण लिइन् । त्यसपछिकै लगातर सफलता हात पार्दै उनी राष्ट्रिय टोलीमा पर्दै आएकी थिइन् । हाल उनी नेपालमा बालुवाटार क्रिकेट एकेडेमीमा पनि प्रशिक्षण लिँदै छिन् ।

मनिता भन्छिन्, ‘अमेरिकामाम खेल्ने क्रममा राष्ट्रिय टिमको म्यानेजरले मेरो सबै खेल विवरण लिनुभएको छ । सम्पर्कमा नै रहिनुभन्नुभएको छ, सायद छिट्टै नै राष्ट्रिय टिममा पर्ने अवसर मिल्छ होला । यसबेला नेपालमा महाविपत्ती परेको भएर पनि होला, सबैले यस्तो अवस्थामा पनि क्रिकेट खेल्न आएको भनेर आश्चर्य मानेकी थिएँ ।’ आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता धेरैको रहेको उनी बताउँछिन् ।

मनिता पहिलेदेखि केही गर्छु भन्ने आत्मवश्विासी खेलाडी भएकाले उनले राम्रो गर्ने प्रशिक्षक सुनील लामा बताउँछन् । पहिलामा चितवनबाट खेल्दामा पनि उनी राम्रो खेलाडी भएको सुनील बताउँछन् ।

मनिताले भने आपूले क्रिकेटमा सानैदेखि लगाव र मिहिनेत गरेकाले केही राम्रो प्रतिफल पाउने बताउँछिन् ।

प्रतिक्रिया