एक बिहान उठेँ र आकासतिर हेरेँ, त्यसले त मलाई जिस्क्यायो पो किन भनेर वरिपरि र टाढा सबै क्षितिजसम्मै हेरेँ, आकासले त भर्खर मुख धोएको रहेछ । जता हेरे पनि नीलिमा मात्र, कहीं कतै बादलको टुक्राटाक्री केही देखिँदैन । अनि पो आकासले शेखी झारेको रहेछ, भन्दै थियो, ‘मसित यी यो मनोरम नीलिमा छ, घाम छ, जून छ, ताराहरू छन् । तिमी पृथ्वीवासीसित खै के छ ’
निमेषभरलाई त म अलमलमा परेँ, र विस्फारित नयनले एकटक माथि, अझ माथि नीलगगनतिरै हेरिबसेँ । एक अर्को पलमा अनायास आपैm मेरो मुखबाट शब्दहरू निस्कन थाले, ‘यहाँ मसित आमा छन्, पिता छन्, गुरुहरू छन्, मामा छन्, माइज्यू छन्, साथी अनि दौंतरी छन्, संसारलाई गुल्जार बनाइराख्ने प्रेमी–प्रेमिका र आबालवृद्धावनिता छन् । यी सबै कुरा तिमीसित छन् ’
अब अलमलमा पर्ने पालो परेछ आकासको । उ एकछिन घोत्लियो, के के न सोचेजस्तो गर्यो, अनि त उसको अनुहार बिग्रन थाल्यो । नजाने कताबाट बादलका काला–सेता टुक्राटाक्री उडेर आए र आकासको स्निग्धता र नीलो सौन्दर्यलाई कतै लुकाइदिए ।
म पनि क्रमशः धर्तीमा फर्किएँ । अनि आफ्नै बुझाइमा घोत्लिन थालेँ ।
मनुस्मृतिमा भनिएको छ, पिता एक सय आचार्यभन्दा र आमा एक हजार पिताभन्दा श्रेष्ठ हुन्छन् । मानिस मात्र होइन, सम्पूर्ण चराचर जगतकै लागि आमा अथवा माता र पितामा ईश्वरको प्रतिबिम्ब रहेको हुन्छ ।म जान्दिनँ, जनावर र चराचुरुंगीको संसारमा धर्म, ईश्वर र नातासम्बन्धहरूको के स्थान छ तर के चाहिँ थाहा छ भने मान्छेलाई मानवको स्वरूप दिएर सामाजिकता प्रदान गर्नमा भने यी कुराहरू नै मानक बनेका हुन्छन् ।
अनि माइज्यूूू नि रु आमा अथवा माताको ‘मा’ र ईश्वरको ‘इ’ गरी संसारका दुई सबैभन्दा ठूला शब्दबाट पहिला दुई अक्षर झिकेर त्यसमा आदरार्थी प्रत्यय ‘ज्यू’ थपेर बनेको शब्द हो– माइज्यू । जसमा आमामा जत्तिकै ममता, संयम, धैर्य र सहनशीलता हुन्छ अनि आमामा जस्तै स्नेह औ वात्सल्य हुन्छ तथा ईश्वरमा जस्तै दया, माया र अनुकम्पा हुन्छ– उनै हुन् माइज्यू । त्यसैकारण, मलाई लाग्छ, माइज्यू हुनु र माइज्यूको कत्र्तव्य निर्वाह गर्न सक्नु आपैमा ठूलो कार्य हो ।
त, एकजना थिइन् देउराली माइज्यू । उनको खास नाम के थियो, मलाई कहिल्यै थाहा भएन ९र सायद जान्न पनि खोजिएन । मलाई राम्ररी थाहा छ– मलाई मात्र होइन, कसैलाई पनि उनको वास्तविक नाम थाहा थिएन । सम्भवतः केवल माइती परिवार, केही अति मिल्ने घनिष्ठ संगिनी र आफ्नै श्रीमान्लाई मात्र थाहा थियो होला उनको न्वारनको नाम । उनका ६ जना छोराछोरीलाई पनि उनको नाम थाहा थिएन, किनभने स्कुलमा नाम लेखाउँदा अथवा लोकसेवा या कुनै आयोगको फर्म भर्दा केवल पिताको नाम मात्र सोधिएको हुन्थ्यो, त्यस्ता फर्महरूमा आमाको नाम सोधिने वा लेख्नु पर्ने चलन थिएन । तसर्थ, कुनै कामका लागि आमाको नागरिकता पनि चाहिएन, र परिवारमा अरू कसैले त्यो हेर्नुपर्ने आवश्यकता नै पनि देखेन ।
उनी जन्मेको गाउँको नाम देउराली थियो । ताते–ताते र पछि छुनुमुनु गर्ने बालापन त्यहीँ बित्यो, साथी–दमालीसित यता र उता डुली हिँड्ने कैशौर्य पनि त्यहीं बित्यो, सपनाको संसार बनाई टोल्हाउन मन पराउने युवती भएपछि उनको विवाह भयो र उनी आफ्ना दुलहाको घर हाम्रो गाउँबस्तीमा आइपुगिन् । यहाँको नयाँ संसारमा आइसकेपछि उनी केही समय ‘नयाँ दुलही’ बनेरै रहिन्, अनि समयक्रममा क्रमशः उनी देउराली आमा भइन्, देउराली काकी भइन्, देउराल्नी बुहारी भइन्, देउराली भाउजू भइन् र भइन् देउराली माइज्यू । तिनताका हाम्रो गाउँबस्तीमा मानिसहरूलाई नामले होइन, उनीहरूको थरले अथवा घरबारीको नामले र महिलालाई खास नातागोताबाहेक उनीहरूको माइती–ठाउँको नामले बोलाउने वा चिनिने चलन थियो । अभै पनि अनेक गाउँठाउँमा यस्तै प्रचलन छ, जबकि नगर र सहरहरूमा भने सोभै नामले नै बोलाउने र चिनिने चलन छ । अझ, तराई भेगतिर–त्यसमा पनि भारतसित सीमाना जोडिएका कतिपय क्षेत्रतिर– त महिलाहरूले आफ्नो लोग्नेको नाम नै लिन नहुने प्रचलनसमेत छ । पति र पत्नीलाई फलानाकी आमा अथवा फलानाका बाबु भनेर बोलाउने गरिन्छ । खासमा यसरी त आफ्नो नाम हराउँछ, ‘स्व’ खोसिन्छ र कसैसित जोडिएको पहिचान मात्र बाँकी रहन्छ ।
उनै देउराली माइज्यूबारे सोच्दै थिएँ । म गाउँ छोडेर राजधानी सहर पसेको धेरै भइसकेको थियो । अस्ति जस्तो मात्र लाग्छ, एक हूल गाउँले तरुण बडो व्यस्त अन्दाजमा राजधानी सहरमा यता र उता गरिरहेका भेटिएका थिए । उनीहरूको साथमा कसैका श्रीमती थिए, कसैका आमा–बा आएका थिए । एकजनालाई सोधेको पनि थिएँ, ‘केको मेलोमेसो हो बाबु यस्तो रु’ हाँस्दै उसले जवाफ दिएको थियो– ‘उही त हो नि दाइ, कामदारको अनुमतिसहितको भिसा पाएको छु, दुबई जान लागेको । अरु साथीहरू पनि छन् । कोही अबुधाबी, कोही बहराइन, कोही कतार त कोही शारजाह जाने तर्खरमा छौँ ।’
अर्को एक जना परिचित गाउँले भाइ भेटिएको थियो केशरमहल अगाडिको ठमेल मोडमा । भन्दै थियो– ‘मेसिनले पढ्न मिल्ने पासपोर्ट एमआरपी बनाउन आएको । दक्षिण अफ्रिकामा एउटा इन्डियन रेस्टुरेन्टमा काम पाएको छु । बडा खुशी छु दाइ, किनभने यसपटक त जहानलाई पनि लैजान पाउने भएको छु । बच्चाहरू यहीँ बसेर पढ्छन्, हामी उता काम गर्छौं ।’
यति भनिरहँदा मैले उसको अनुहारमा प्रसन्नताका अथाह रेखाहरू दौडेको प्रष्ट महसुस गर्न सक्थेँ । मैले उसलाई पढ्ने प्रयास गरेको थिएँ, उसको अनुहारमा गाउँको बिरानो बन्दै गएको तस्बिर देखिन थालेको थियो । पछिल्लोपटक गाउँ जाँदा मैले प्रत्यक्ष अनुभव गरेकै थिएँ, त्यहाँ तन्नेरी काँधहरूको कस्तोविधि अभाव थियो, बुढ्यौलीको मैदानमा सकीनसकी जीवनको कवाज खेल्न लागिपरेकाहरू, असहाय महिलाहरू र चिचिलाहरू मात्र छन् त्यहाँ । पृथ्वी उचाल्ने आँँट भएकाहरू अनि हाँसीहाँसी शारीरिक श्रम गर्न रमाउने तारुण्य पनि थिएन त्यहाँ । खेतका गह्रा र बारीका कान्लाहरूले सुसारको करुणामय माग गरिहेका छन् तर त्यहाँसम्म पुग्ने अनि ती मागको सुनुवाइ गर्ने बलिया पाखुराहरूको डरलाग्दो अभाव छ । सगर उचाल्ने ती पाखुरा धेरैजसो राजधानीको विमानस्थलमा भेटिन्छन्, चिनेका पनि बग्रेल्ती र नचिनेकाहरू त माला लगाएका झन् कतिकति †
‘हेर्नुस् बाबु, अचेल त गाउँ के भयोभयो तन्नेरीहरू र बल भएका महिलाहरूसमेत यता बस्नै छाडे । सबैजना सजिलो गरी पैसा कमाउने मेसो भन्दै विदेशिन थाले । केटाकेटी, अशक्त आइमाई र बूढा–खाडा मात्र यता बस्नुपर्ने भएको छ,’ देउराली माइज्यूलाई भेट्दा बेलाबेला उनी गुनासो गर्थिन्, ‘घाट जान पर्यो भने पनि पल्ला गाउँहरूतिर मलामी खोज्न जानुपर्ने अवस्था भइसकेको छ ।’
ओह, म कहिलेकाहीँ मात्र गाउँ पुग्ने मनुवा उनको यो पीडामा मलम लगाउन खासै केही गर्न सक्ने अवस्थामा थिइनँ । तापनि, मसित कुरा बिसाएपछि कमोबेस सान्त्वनाका शब्दहरू पाउने उनको आशापूर्ण मनस्थिति हुन्थ्यो । ती शब्दले देउराली माइज्यूका सुस्केरामा सायद केही मलम लगाइदिए जस्तो हुन्थ्यो होला ।
त्यसो त देउराली माइज्यूको गाउँमा विकास नपुगेको कहाँ हो र बिजुली पुगेको छ । पानीका धारा छन् । बाटो खुलेको छ र गाडी घरैअगाडिबाट भएर गुड्छन् । विद्यालय पनि उच्च भइसकेको छ । त्योभन्दा बढी त सञ्चार क्रान्तिले छपक्कै ढाकेको छ । घरघरमा र प्रायः परिवारका हरेक सदस्यसित ‘हाते फोन’ छ । बारी खन्दा अथवा खेतमा काम गर्दा, अथवा डोको बोकेर खरबारी जाँदा–आउँदा उही हाते फोनमा कुराकानी गरिरहेको दृश्य पुरानो भइसकेको छ । ‘तैले घाँस काटिसकिस् रु मेरो डोको त भरिसक्यो, अनि तेरो के भयो त रु छिटो भन है, ल बाई †’ यस्ता प्रसंग अचेल सामान्य भइसकेका छन् ।
बाटो, बिजुली, शिक्षा, खानेपानी, सवारी साधन, स्वास्थ्य–चौकी जस्ता आधुनिक विकासका प्राथमिक आधार गाउँ पुगेका छन् । इतिहासको अँध्यारो समयभन्दा यो नितान्त फरक अवस्था हो । मानिसहरू गाउँ छाडेर सहर भासिएका छन्, अझ धेरै त परदेसिएका छन् । उल्लेख्य संख्यामा युवापुस्ता मुग्लानिएको छ । त्यसको प्रत्यक्ष प्रभाव परेको छ त्यहाँ । देशले रेमिट्यान्स पाएको छ, मुग्लानिएकाहरूका परिवारले रिङ्गिट, दिनार, रियाल, दिराम, वान र डलरको सट्टा हात्ती छाप स्वदेशी मुद्रा पाइरहेका छन् । मुद्राले व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ तर गाउँको मुहार भने सायद नियास्रिएको छ । खेतबारीमा श्रम गर्ने जाँगर क्रमशः क्षय भइरहेको छ, पशुपालन हराउँदै जान थालेको छ, खेतखलिहानमा न हिँजो जसरी छाती तानेर मकैका बोट ठिंग उभिएका देखिन्छन्, न धान र गहुँका बालाहरूले विगतमा जसरी बयेली खेलेको हेर्न पाइन्छ । हिजो शुद्ध प्रांगारिक गोबरमल हुन्थ्यो, अचेल छिटो र धेरै फलाउने लोभमा जथाभाबी युरियादि विकासे मल औ विषादिको बग्रेल्ती प्रयोग छ । यसरी विकासले गाउँको यौवन लुटेको छ, स्थानीय जनजिन्दगानीको नयनसुख खोसेको छ ।
देउराली माइज्यू यी सबैकी मुक साक्षी हुन् । अझ, तन्नेरीहरू विदेशमा पसिना चुहाउन गएका छन्, उनीहरूका जहान आफ्ना छोराछोरी लिएर सहरबजारमा डेरा गरी बस्न थालेका छन्, केटाकेटीलाई उतै बोर्डिङमा पढाउने भनेर । सहजै प्राप्त भएको सुखले विलास निम्त्याउँछ । विलासले दैहिक भोकप्यास बढाउँछ । सायद यसैको परिणाम हो, पछिल्लो समयमा नेपाली समाजमा पारिवारिक विखन्डनका नयाँनयाँ अध्यायहरू निरन्तर लेखिन थालिएका छन् ।
यो अवस्था गम्दा मलाई कतै पढेको कवि विक्रम सुब्बाले रचेको एउटा कविताका केही पंक्तिहरूको सम्झना भएर आउँछ
‘था’थिएन, लडाइँ त जीवनभर खेल्नुपर्ने खेल रै’छ
तर, किमार्थ टेक्न दिइन कतै घुँडा जिन्दगीको
हो, कदापि गाइन पीठ फर्काई भाग्ने गीत पनि जिन्दगीको
देउराली माइज्यूहरू पनि पीठ फर्काएर भाग्दैनन् । दुनिया जति परिवर्तनको साक्षी बने पनि उनीहरू आफ्नै चुलोचौका, पिँढी र आँगनमा रमाइरहेका छन् । ९रमाउनु उनीहरूको बाध्यता हो । दुःखैदुःखका बीचमा बाँच्नुपर्ने भएपछि जीवन सामान्य बन्दै जान्छ । दुःख आपैमा एक किसिमको बानी बन्दै जान्छ । सुखको लालसा त सधैँ रहिरहन्छ तर त्यसको प्राप्तिप्रति भने जीवन निस्पृह बनेर बस्न पुग्छ ।
मलाई लाग्छ– कहिले कतै कहीँ बिरानीमा हराउँदै कुनै देउरालीमा पुगेँ भने, अथवा अनचिनारू नेटा र चौतारी वा भन्ज्याङमा अलमलिन पुगेँ भने म उनै देउराली माइज्यूलाई सम्झन पुगेको हुन्छु । उनी स्वयंमा एक थिइन्, तर उनी लाखौं–करोडौं नेपाली महिलाकै एक स्थायी प्रतिनिधि पात्र नै त हुन् । धेरैजसो परिवार, हरेक टोल–गाउँ, बस्ती, समाज सबैतिर यस्ता देउराली माइज्यूहरू भेटिन्छन् । सधैँसधैँ कामले थिचिएकाहरू, अक्सर यौवनका गीत गुनगुनाउन नपाएकाहरू, असमयमै जीवन बुढ्याएकाहरू र पूरा गर्न नपाइएका सपना आँखाभरि बोकेर जीवन–गोरेटोमा लुसुलुसु हिँडिरहेका महिलाहरू नै त हुन् देउराली माइज्यूहरू । मानिसको जिन्दगी एकनासको सरलरेखाबाट मात्र अगाडि बढेको हुँदैन । समय बित्दै जाँदा र उमेर डाँडामाथिको जूनमा रूपान्तरित हुँदै जाँदासम्म जीवनले अनेक सर्पाकार बाटा र घुम्तीहरू तय गर्नुपर्ने हुन्छ । यस किसिमको जीवनमा एक कुँडे दुःखको अनुपातमा एक थुर्मी खुसी नै पनि जिन्दगी बाँच्न उत्प्रेरित गर्ने आधार –क्याटालिस्ट– बन्न पुगेको हुन्छ ।
यी तमाम देउराली माइज्यूहरूलाई लाग्दो हो– एकबारको मानवचोला पाइसकेपछि बाँच्नु त पर्यो नै । भाबीले जुराइदिएको जेजस्तो कर्म छ, त्यो पनि पूरा गर्न पर्यो नै । त्यसो हो भने जिन्दगीसित गुनासो गरेर के लाभ रु पुर्पुरो ठोक्दै बसिरहेर के फाइदा रु विधातालाई धारे हात लगाउँदै बसेर के मिल्छ रु जिन्दगी भनेको बाँच्नका लागि हो । जीवन यदि विष हो भने पनि त्यसलाई सेवन गर्ने आँट गर्नै पर्छ ।
टाउको उठाएर माथि नीलगगनतिर हेर्छु । आकाश उही छ । उस्तै छ । सूर्यदेव हाँसिरहेछन् । बादल फुरुंग परेका छन् र इत्रिँदै घामसित लुकामारी खेल्न खोजेभै गरिरहेछन् । उज्यालो छ । सिर्सिर चलिरहने बतास छ । रुखहरूको हरियाली र चराहरूको चिरबिर सबैथोक छ । छैन त केवल देउराली माइज्युहरूको अनुहारको चमक । फगत एक फिक्का–फिक्का, सुख्खा–सुख्खा र उदास–उदास हाँसो छ । क्लान्त मुस्कान छ र त्यहाँ सनातनी संस्कारले गाडेका अदृश्य नीलडामहरू छन् । म त्यहाँ आशा खोज्छु, भविष्य खोज्ने प्रयास गर्छु । सायद म त्यहाँ एउटा भाव पढिरहेको हुन्छु– सास रहे आस हुन्छ भन्छन् । तर, आसले साथ पनि छोड्न सक्छ, निराशाले लामो समयसम्म अँठ्याइरहन्छ । र, धेरै मानिसहरू यस्तै कुनै न कुनै आसको त्यान्द्रो समातेर बाँचिरहेका हुन्छन् ।
देउराली माइज्यूहरू यस्तै आसको जिन्दगी बाँच्छन् र अतृप्त चाहनाहरूले भरिएको निराशाबीच अन्तिम सास फेर्छन् ।
प्रतिक्रिया