यो कस्तो दृश्य

Ramila-Chaudhari-Dang-Deukhदेउखुरी, २८ वैशाख । महिलाहरूको हुलले एक महिलाको कपाल काटिदिएको छ । मुखभरि कालो पोतिएको छ । हातमा जुत्ताको माला लिएर भित्री वस्त्रमा लखेटिरेका छन् ।

यो दृश्य हो दाङको देउखुरी उपत्यकास्थित सतवरिया– २ वनघुस्री गाउँको । अवला नारीलाई स्थानीय महिलाहरूद्वारा गरिएको यो अमानवीय व्यवहारको नजिकै रहेको प्रहरीले मुकदर्शक भएर रमिते बनेको छ ।

महिला हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैर सरकारी स्तरबाट धेरै प्रयासहरू भैरहे पनि आज (सोमबार) वनघुस्री गाउँमा भएको अमानवीय घटनाले सबैलाई चुनौती थपिदिएको छ । यस्तै घटना केही वर्षअघि मोरङमा समेत भएको थियो । मोरङको त्यो घटनालाई भुलाउने गरी देउखुरीमा अर्को घटना दोहरिएको छ ।

गाउँको निर्णयभन्दै रमिला चौधरी (नाम परिवर्तन)लाई कानुन हातमा लिएर सामाजिक रुपमा बहिस्कार गरिएको थियो । जुन दृश्य प्रहरीले हेरिरह्यो । केही गर्न सकेन् ।

‘गाउँका अगुवाहरू हौं’ भन्नेले पनि महिलामाथि भइरहेको अमानवीय दृश्य हेरेर मनोरञ्जन लिए । त्यसलाई रोकथाम वा अमानवीय कार्य हुन कसैले रोकेनन् । उनीहरूले समस्यालाई झन् बल्झाउने काम गरे ।

आर्थिक अवस्था कमजोर रहेकी रमिलालाई गाउँलेले आचरणमा खोट देखाएर दुःख दिँदै आएका छन् । उनका पति ज्यालामजदुरी गर्दै आएका छन् । पत्नीलाई गाउँकै महिलाहरूले आमानवीय व्यवहार गरेपछि चिन्तित छन् । उनले सोँच्ने मौकै पाएका छैनन् ।

रमिलालाई कालो मोसो दलेर गाउँ हिडाइएको केही समयपछि प्रहरी त्यहाँ पुगेको थियो । तर, कालो मोसो दलेर सामाजिक बहिस्कार भएकी महिलाको मुद्दा गाउँमै मिलाउछौं भनेर फिर्ता पठाएपछि अमानवीय व्यवहार भएको थियो । आफ्नै अगाडि अवला नारीमाथि अमानवीय व्यवहार हुँदा पनि प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उजुरी कुरेर बसेको छ । तत्काल आफै दोषीलाई कारबाही गर्नेतर्फ केही सोँचेको छैन ।

‘पीडित महिलाले आफूले अपमानित महशुस गरेको निवेदन प्रहरी कार्यालयमा दर्ता गरेपछि मात्रै यो विषयमा अघि बढ्न सकिन्छ’, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले भने, ‘प्रहरी त पुग्यो तर, कस्लाई पक्राउ गरेर ल्याउनु । गाउँका सबै महिला जम्मा भएका रहेछन् । उनीहरूले समस्या गाउँमै समाधान गर्छौं भनेपछि प्रहरी टोली फर्किएको हो ।’

छिमेकी पुरुषसँग अनैतिकसम्बन्ध रहेको आरोप गाउँलेहरूले रमिलालाई लगाएका छन् । सोही आरोपमा उनीहरूले उनलाई यस्तो अमानवीय व्यवहार गरेका हुन् ।

यस विषयमा गाउँमा धेरै पटक छलफल पनि भएको थियो । तर, समस्या समाधान नभएपछि विवाद वडा प्रहरी कार्यालय लमहीसम्म आएको थियो ।

प्रहरीले आइन्द यस्ता कृयाकलाप नगर्ने सर्तमा सम्झाइ बुझाइ गरेर पठाएको दाबी गरेको छ । तर, फेरि त्यस्तै समस्या दोहोरिएको आरोप गाउँलेहरूको छ ।

रमिलासँग यौनसम्बन्ध रहेको भनिएका व्यक्तिले सामाजिक हिंसा सहन नसकेर आत्म हत्या गरेका छन् ।

गाउँलेहरूले आत्महत्या गर्नुको पछाडि रमिला कै रहेको आरोप लगाएका छन् । ती व्यक्तिले आत्महत्या गरेपछि रमिलालाई त्यसको क्षतिपूर्ति पनि तिर्नुपर्ने भएको छ । यो निर्णय स्थानीय महिलाहरूको हो ।

स्थानीय महिलाहरूले पहिला नै २५ हजार तिर्नुपर्ने निर्णय गरे पनि फेरि उनीहरूले रमिलालाई जरिवाना बढाएर पचास हजार पुराएको गाउँका अगुवा सालिकराम चौधरीले बताए । ‘त्यही पैसा तिर्न नसकेर त होला महिलाहरूले यस्तो गरेको’, चौधरीले भने, ‘कानुनमा के छ हामीलाई थाहा छैन् । तर गाउँको विरुद्ध जानेलाई हामीले कारवाही गर्दै आएका छौं ।’

पीडित महिलाले आफूमाथी महिला हिंसा भएको बताएकी छिन् । ‘हेर्नुस म माथि यस्तो अमानवीय कार्य भएको छ’, उनले रुँदै भनिन्, ‘यीनीहरूले सबै झुटो कुरा गरिरहेका छन् ।’

आर्थिक अवस्था कमजोर रहेकी रमिलालाई गाउँलेले आचरणमा खोट देखाएर दुःख दिँदै आएका छन् । उनका पति ज्यालामजदुरी गर्दै आएका छन् । पत्नीलाई गाउँकै महिलाहरूले आमानवीय व्यवहार गरेपछि चिन्तित छन् । उनले सोँच्ने मौकै पाएका छैनन् ।

प्रतिक्रिया