भावनाले तीन महिनाको तलब पीडितलाई प्रदान गर्ने

bhawan-ghimireकाठमाडौं, २१ वैशाख । गत वैशाख १२ गते आएको महाभूकम्पका कारण पीडितका लागि नेपाल क्रिकेट संघ क्यानले सहयोग गर्ने भएको छ ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गरी सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले तत्काल राहतका लागि आवश्यक सामग्रीको खरिद गर्न . १ लाख रुपैयाँ प्रदान गर्ने उल्लेख गरेको छ । साथै, भूकम्पपीडितको राहतका लागि क्यानकी प्रमुख कार्यकारी अधिकृत (सिइयो) भावना घिमिरे, संघका फाइनान्स म्यानेजर प्रकाश महर्जन र प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले आफ्नो तलब भूकम्पपीडितका लागि प्रदान गर्ने भएका छन् ।
त्यस्तै, भावनाले ३ महिनाको तलब, फाइनान्स म्यानेजर महर्जन र छुम्बी लामाले एक÷एक महिनाको तलब तथा संघका अन्य कर्मचारीले भूकम्पपीडितका लागि सहयोग गर्ने भएका छन् । साथै, राहत सामग्रीको व्यवस्थाका लागि संघको केन्द्रदेखि जिल्ला क्रिकेट संघका पदाधिकारी एवं सदस्यहरू, क्रिकेट खेलाडी, निर्णायकलगायत खेलप्रेमीलाई सामग्रीको संकलन गरी सहयोग गर्न अनुरोधसमेत गरेको छ ।
क्यानले राहत सामग्री संकलन केन्द्रहरू नेपाल क्रिकेट संघ मूलपानी, होटल क्राउन प्लाजा नक्साल, होटल ट्राभल इन तथा होटल शिवम् प्लाजा गौशालालगाय क्षेत्र तोकेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले भूकम्पपीडितका लागि ५ हजार सोलार ल्याम्प सहयोग गर्ने भएको छ ।
त्यस्तै, संघले राहत सामग्रीहरू सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत सामग्रीहरू नपुगेको क्षेत्रका पीडितलाई प्रदान गर्ने जनाएको छ । क्यानको सिइयो भावना पहिले आफूबाट सुरुआत गरेर अरूलाई पनि सहयोगका लागि अनुरोध गरेको बताउँदै आइसिसी र एसिसीले पनि भूकम्पबाट प्रभावित क्रिकेटको क्षेत्रमा सहयोग गर्न र समग्र क्रिकेट विकासका लागि चासो देखाएको बताइन् ।

प्रतिक्रिया