राष्ट्रपतिद्वारा संसद बैठक आह्वान

PressReleaseSummon2015.05.01काठमाडौं, १८ वैशाख । राष्ट्रपति डा.रामवरण यादवले सरकारको सिफारिसमा व्यवस्थापिका संसदको बैठक आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले आज विज्ञप्ति जारी गरेर वैशाख २४ गते दिउँसो तीन बजेका लागि संसद बैठक आह्वान गरेको जनाएको हो ।

अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधार (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा संसद बैठक आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख विपक्षीसहितका दलहरूले संसद बैठक बोलाउन माग गरेपछि सरकारले संसद बैठक आह्वान गरेको हो ।

प्रतिक्रिया