ढुकेर बसेका लुटेराहरूलाई कसले कारबाही गर्ने ?

Chitwan-Stap-Hotel-Dhading-धादिङ, १७ वैशाख । प्रलयकारी भूकम्पले आफ्नो घरबारसमेत क्षति भएका र काठमाडौंमा बस्न नसकी घर फर्कने यात्रुको चाप बढेसँगै राजमार्गका होटलले खाना, खाजालगायत खानेकुराको मनपरी मूल्य लिन थालेका छन् ।

घाइते र बिरामीको उद्धारमा सम्पूर्ण शक्ति लागेका बेला होटल व्यवसायीले आफूखुसी मूल्य वृद्धि गराएका हुन् । भूकम्पपछि घर फर्कने यात्रुसँग पृथ्वी राजमार्गको नौबिसेदेखि मलेखुसम्मका अधिकांश होटलले खानेकुराको मूल्यमा दोब्बरसम्म बढी असुल्ने गरेका छन् ।

होटलहरुले सादा खानाको मूल्य १३० र मासु खानाको मूल्य २५० लिने गरेका छन् । ४५ पर्ने जुसको मूल्य १५०, १५ पर्ने एक पोका चाउचाउको ३० र एक चिरा काँक्रोको मूल्य ५० सम्म असुलेका छन् ।

प्रशासन र अनुगमनका निकाय भूकम्पपीडिततिर लागेका बेला होटलवालाले मौका छोपेर अत्यधिक मूल्य वृद्धि गराएको काठमाडौंबाट बुटवल जाँदै गरेका यात्रु गोल्डेनडेबिट सेनले गुनासो गरे ।

पृथ्वी राजमार्गअन्तर्गत भूमेस्थान गाविसको चालिसेमा रहेको होटल हिराचनमा भेटिएका सेनले एक चिरा काँक्रोलाई ५० तिर्नुपरेको र एक पोका चाउचाउको ३० तिरेको बताए । ‘खाइहालियो, पछि पैसा सोध्दा धेरै भन्यो, दोहोरो कुरा गर्नै पाइँदैन, भोक लाग्छ, नखाई हिँड्न पनि सकिँदैन’, उनले भने ।

पानी किन्न गएका यात्रुलाई पानी छैन भन्दै जुस नै किन्न बाध्य गराउने गरेको पनि फेला परेको छ । कान्तिपुर होटलले ६० पर्ने जुसको मूल्य १२५ लिने गरेको छ ।

खयरघारीमा रहेको कान्तिपुर होटलले पनि सामान्य मासुसहित खानाको २५० असुलेको यात्रुले बताएका छन् । पानी किन्न गएका यात्रुलाई पानी छैन भन्दै जुस नै किन्न बाध्य गराउने गरेको पनि फेला परेको छ । कान्तिपुर होटलले ६० पर्ने जुसको मूल्य १२५ लिने गरेको छ ।

‘काठमाडौंमा बस्न सकिएन, यता गाडीले मनपरी भाडा असुलेर ठगिरहेको छ अर्को बाटो हिँड्दा खाना, खाजा खुवाउने होटलले ठगिरहेको छ’, काठमाडौंबाट हेटौँडा जाँदै गरेकी एक महिला यात्रुले गुनासो सुनाइन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अनुगमन टोली खटाइएको र यस्तालाई कारबाही गरिने बताए ।

बिरामी आउने भएपछि अस्पताल नै बन्द

प्रलयकारी महाभूकम्पका कारण जिल्ला सदरमुकाममा सञ्चालनमा रहेका दुई निजी अस्पतालले सेवा दिन बन्द गरेका छन् । निजीस्तरमा सञ्चालनमा रहेका सहिद मेमोरियल अस्पताल धादिङ र शुभलाभ पोलिक्लिनिकले सेवा बन्द गरेका हुन् ।

भूकम्पले गर्दा अस्पतालमा आएका बिरामीको चाप बढेको र पोलिक्लिनिकमा स्वास्थ्यकर्मीसमेत नभएपछि सेवा बन्द गरिएको थियो । यसैगरी सहिद मेमोरियल अस्पतालले पनि सेवा बन्द गरेको छ । केही बिरामी अस्पतालमा आए पनि उनीहरुलाई घर फिर्ता गरी अस्पतालले सेवा बन्द गरेको कर्मचारीले बताएका छन् ।

निजी अस्पतालका स्वास्थ्यकर्मीसमेत बिदामा बसेकाले अस्पताल बन्द भएको बुझिएको छ । पोलिक्लिनिक र मेमोरियल अस्पतालको भवन सामान्य रुपमा भूकम्पबाट क्षति पुगेको देखिएको छ ।

रि गाविसको चोके, लताब, धुसेनी, र झर्लाङ गाविसको उङ्कुल, तिप्लिङ गाविसलगायत स्थानमा घाइतेको उद्धार गर्नुपर्ने भएको तर उद्धार हुन सकेको छैन ।

सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरी सबैलाई सहयोग गर्न आग्रह गरिररहेका बेला निजी अस्पतालले सेवा बन्द गरेपछि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ ।

पाँच भारतीय एम्बुलेन्स जिल्ला सदरमुकाम आइपुगेको छ । बाइस जनाको स्वास्थ्यकर्मीको टोलीसमेत सदरमुकाम आइपुगेको छ । यसमध्ये केही स्वास्थ्यकर्मीसहित तीन एम्बुलेन्स चितवन फर्केको तथा स्वास्थ्यकर्मीेको सङ्ख्या पनि बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

करिब ६० हजार घरधुरी क्षति भएको जिल्लामा धेरैलाई राहत दिन सकिएको छैन । थोरै मात्रामा ३० गाविसमा मात्र राहत पठाइएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । दुई हजार ५०० घरधुरी भएको नौबिसेमा समेत १०० परिवारलाई मात्र राहत सामग्री पुगेको छ ।

रि गाविसको चोके, लताब, धुसेनी, र झर्लाङ गाविसको उङ्कुल, तिप्लिङ गाविसलगायत स्थानमा घाइतेको उद्धार गर्नुपर्ने भएको तर उद्धार हुन सकेको छैन । जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३७३ र उद्धार गरिएका घाइतेको सङ्ख्या ५०९ जना रहेको छ ।

प्रतिक्रिया