गुमनाम समुहको वन्दले पूर्वका सार्वसाधारण हैरान

विराटनगर, २ वैशाख । नामै नसुनिएको समूहले आह्वान गरेको वन्दले मेची र कोशी अञ्चलको जनजीवन प्रभावित वनेको छ ।

ईटहरीमा जनयुद्ध रक्षाफ्रन्ट नेपाल भनेर पर्चा भेटिएकै भरमा मेची र कोशी अञ्चल बन्द भएको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआईजी सुरेन्द्रवहादुर शाहले बन्द आयोजकका बारेमा आफूहरुलाई केही थाहा नभएको बताए ।

उनले भने, ‘वन्दलाई प्रभावकारी वनाउन नयाँ मोर्चा र समुहका नाममा वन्द आह्वान गरिन्छ ।’

संविधान जारी नहुँदै जनमुक्ति सेना नेपाली सेनालाई सुम्पिएको, प्रकृयागत समायोजनमा ध्यान नपुराएको, जनमुक्ति सेनाका कमाण्डरहरुले गरेको भ्रष्टचारमा कार्वाही नभएको तथा जनयुद्धका घाईते, एवं शहीद परिवारलाई उपेक्षा भएको प्रर्चामा उल्लेख छ ।

रक्षाफ्रन्टका संस्थापक अध्यक्ष वताउने ज्योती किरण रिजालले पूर्व लडाकु र पूर्व माओवादी  कार्यकर्ताहरुको समुह मिलेर  दुई वर्ष अघि जनयुद्ध रक्षाफ्रन्ट गठन गरेको वताए ।

प्रतिक्रिया