काठमाडौं । गीतकार तारा अधिकारीको शब्द सिर्जना रहेको नयाँ नेपाली गीत फोटो क्लिकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रेणा सिंहको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा अनुजा अधिकारी, अस्मिता ढकाल र मनीष डीकेको अभिनय रहेको छ । बिनोद बलको छायांकन रहेको छ भने भिडियोको सहायक निर्देशन, सम्पादन तथा कलर विशाल राज खनालले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनीष डीकेले सम्हालेका छन् । बाबुराम निरौलाले सिएडी को जिम्मेवारी निर्वाह गरेका छन् ।
गीतकार तारा अधिकारी स्वयंले भिडियोको निर्देशन तथा निर्माण गरेका हुन्। पोस्ट–प्रोडक्सन सुनौलो तारा मोशन प्रालिले गरेको हो ।
प्रतिक्रिया