
डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मिति २०८३/०३/२१ गते राति करिब ३:०० बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को घटनास्थलमै मृत्यु भएको हो । बाढीमा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको छ भने प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् ।
तस्बिरहरू : भाष्कर बस्नेत/ नेपाल फोटो लाइब्रेरी










प्रतिक्रिया