
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट सेल्फी क्यामेरा, तीव्र गतिको चार्जिङ र बलियो प्रिमियम टिकाउपनसहित उपलब्ध यस फोनको आधिकारिक मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
विशेषगरी प्रिमियम स्मार्टफोनको अनुभव लिन चाहने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ओप्पोले यो नयाँ उत्पादन बजारमा ल्याएको हो । यस स्मार्टफोनमा ६।५७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसले १२० हर्ज उच्च रिफ्रेस रेट सपोर्ट गर्दछ । यसले गर्दा दैनिक प्रयोगमा स्क्रिन निकै सहज र छरितो चल्छ ।
यसको डिस्प्लेमा १४०० निट्ससम्मको उच्च उज्यालोपन क्षमता भएकाले कडा घाममा पनि मोबाइलको स्क्रिन स्पष्ट र सजिलैसँग हेर्न सकिन्छ । फोटोग्राफीका लागि यस डिभाइसमा ५० मेगापिक्सेल र २ मेगापिक्सेलको मुख्य क्यामेरा प्रणाली उपलब्ध छ, जसले दैनिक जीवनका महत्त्वपूर्ण क्षणहरूलाई स्पष्टताका साथ कैद गर्न सहयोग गर्छ ।
त्यस्तै, अगाडि पट्टि १००–डिग्री दृश्य क्षेत्र भएको ५० मेगापिक्सेलको अल्ट्रा(वाइड सेल्फी क्यामेरा दिइएको छ, जसले स्पष्ट र प्राकृतिक रङसहितको उत्कृष्ट सेल्फी तथा सामूहिक तस्बिर खिच्न मद्दत पुर्याउँछ । यस फोनको अर्को बलियो पक्ष यसमा रहेको ७००० एमएएच क्षमताको विशाल ब्याट्री हो, जसले प्रयोगकर्तालाई दिनभरि सहजै इन्टरनेट र सञ्चारमा जोडिन सहयोग गर्छ ।
यसका साथै फोनमा ८० वाटको सुपरभूक फ्ल्याश चार्ज प्रविधि उपलब्ध छ, जसले मात्र ६१ मिनेटमा फोनलाई शून्यबाट सय प्रतिशत पूर्ण चार्ज गर्न सक्षम बनाउँछ । यसले प्रयोगकर्तालाई छोटो समयमा फोन चार्ज गरेर लामो समयसम्म ढुक्कसँग प्रयोग गर्ने सुविधा दिन्छ ।
कार्यक्षमताको हिसाबले ओप्पोको यस मोडलमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ, मनोरञ्जन र मल्टिटास्किङका लागि सहज अनुभव प्रदान गर्छ । दैनिक प्रयोगमा आउने चुनौतीहरूलाई ध्यानमा राख्दै यस फोनलाई आइपी६९के रेटिङसहित पानी र धुलो प्रतिरोधक बनाइएको छ ।
यसले गर्दा कडा वातावरण र पानीको सम्पर्कमा आउँदा समेत फोन सुरक्षित रहन्छ र लामो समयसम्म टिक्छ । ८ जीबी र्याम र २५६ जीबी आन्तरिक भण्डारण क्षमता रहेको यो स्मार्टफोन ुलुमिना फरेस्टु र ‘इक्लिप्स ब्लु’ गरी दुई आकर्षक रङहरूमा उपलब्ध छ । यसको बनोट र प्रिमियम लुक ओप्पोको चर्चित रेनोगढीबाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।
नयाँ फोन सार्वजनिक भएको अवसरमा ओप्पोले ग्राहकहरूका लागि विशेष ग्राहक अफर पनि ल्याएको छ । यस अन्तर्गत जुलाई ३, २०२६ देखि अगस्ट २, २०२६ सम्म फोन खरिद गर्ने ग्राहकहरूले २ महिनाको सट्टापट्टा नीति अर्थात् रिप्लेसमेन्ट सुविधा पाउनेछन् ।
यो सुविधा प्राप्त गर्न योग्य ग्राहकले सर्त अनुसार सेप्टेम्बर २, २०२६ सम्ममा आफ्नो दाबी पेस गरिसक्नुपर्नेछ । यो स्मार्टफोन अहिले नेपालभरिका आधिकारिक खुद्रा पसलहरूमा बिक्रीका लागि उपलब्ध भइसकेको छ र ग्राहकको सहजताका लागि मासिक किस्ताबन्दी अर्थात् ईएमआईको विकल्प पनि दिइएको छ ।
प्रतिक्रिया