७ विश्वविद्यालयका उपकुलपति नियुक्त (सूची)

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गरेका हुन् ।

खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार नियुक्त गरेका हुन् ।

सूची

त्रिभुवन विश्वविद्यालय – डा. भोला थापा

सुदूरपश्चिम विश्वविद्यालय – किसन दत्त भट्ट

मध्यपश्चिम विश्वविद्यालय – राजन सुवाल

कृषि तथा वन विश्वविद्यालय – ऋषिराम कट्टेल

राजर्षी जनक विश्वविद्यालय – श्यामनारायण लाभ

पोखरा विश्वविद्यालय – देवेन्द्र अधिकारी

पूर्वाञ्चल विश्वविद्यालय – सुजन बाबु मरहट्टा

प्रतिक्रिया