
काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट पक्षका नेताहरु छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन् ।
कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनको समानान्तर तयारी सुरु गर्न चुनदेवीमा सम्पर्क राखेको छ । चुनदेबीमा रहेको घरमा रङरोगन कार्य भइरहेको छ । रङका साथै बाहिर कम्पाउन्ड सरसफाइ गरिएको छ ।
तोकिएको मितिमा १५औँ महाधिवेशन गर्न तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले नगरेपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन भएको थियो । उक्त विशेष महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेका छन् ।
सोही विशेष महाधिवेशनले निर्वाचित गरेका पदाधिकारीलाई आधिकारिकता नमानेर देउवा पक्षका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरुले निर्वाचन आयोग र सर्वोच्च अदालतमा विशेष महाधिवेशन खारेजको माग गर्दै निवेदन दिएका थिए ।
तर, आयोग र सर्वोच्चले पनि गगन पक्षेकै टिमलाई आधिकारिकता दिएपछि देउवा समूहले असन्तुष्ट जनाउँदै विभाजित बनेको हो । अहिले कांग्रेस इतर पक्षको बैठक पूर्णबहादुर खड्का निवास गोल्फुटारमा बसिरहेको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया