
काठमाडौं । कर्णाली नदीमा यात्रुवाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक बस आज बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कति जना सवार थिए भन्ने अझै खुलेको छैन ।
दुर्घटनामा एक जनाको शव फेला परेको उनले जानकारी दिए ।
भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको र उक्त शव निकालिएको थापाको भनाइ छ । उद्धारका सामग्रीसहित घटनास्थलमा ३५ जना प्रहरी खटिएको बताइएको छ।
दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडाबाट ३ किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।
बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया