
बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका– ४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर फरार रहेका एक युवक पक्राउ परेका छन् । २० वर्षीय विनोद चौधरीले आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेर नहरमा फालेको प्रहरीले जनाएको छ ।
घटना घटाइसकेपछि फरार रहेका विनोद चौधरी भारततर्फ भाग्दै गरेको अवस्थामा आज बिहान करिब ६ः३० बजे बाँकेको कोहलपुर नगरपालिका– १५ चन्हवाबाट प्रहरीको नियन्त्रणमा परेका हुन्।
प्रहरीका अनुसार यो घटना यही असार १४ गते साँझ करिब ७ बजे भएको थियो । मृतक मनोज चौधरीको शवलाई पोस्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया