
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
कुल रकममध्ये स्थानीय तहले ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गर्नेछन् भने सातवटै प्रदेशका लागि १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ छुट्याइएको छ ।
स्थानीय तहमध्ये गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड, नगरपालिकाका लागि १ खर्ब ३८ अर्ब ६६ करोड, महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड र उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिन अगाडि दुवै संघीय संसदको बैठकलाई सम्बोधन गरेर बजेट भाषण गरेका थिए ।
यस्तो छ बजेटको पूर्णपाठ
प्रतिक्रिया