गोरखा पुगेर सुधन गुरुङले भने– म पुनः गृहमन्त्री बने बधाई दिन र फोटो खिच्न नआउनू

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफू पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किए सुरुका दुई महिनासम्म बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफू छानबिन समितिबाट सफाइ पाउनेमा पूर्ण आशावादी रहेको र सरकारले पुनः जिम्मेवारी सुम्पिए सुरुका दुई महिना काममा मात्र केन्द्रित हुने बताएका हुन् ।

अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’

आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्नकै लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको उनले बताए ।

सार्वजनिक पदमा बसेपछि नागरिक र निकायबाट उठ्ने प्रश्नहरूको सामना गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले बयानका क्रममा सोधिएका कतिपय कडा प्रश्नहरूको आफूले सहज र स्पष्ट जवाफ दिएको दाबी ग रे।

बयानका क्रममा समितिले ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयोरुु भनी सोधेको प्रश्नमा आफूले पनि समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भन्दै प्रतिप्रश्न गरिदिएको उनले सुनाए। छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै पूर्वगृहमन्त्री गुरुङले आफूले पूर्ण रूपमा सफाइ पाउने र पुनः जनअपेक्षा अनुसार काममा फर्किने विश्वास व्यक्त गरे ।

साथै, गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको दाबी गरे ।

‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्यो’, उनले भने, ‘विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।’ गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत रहेका उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहने छ’, उनले भने, ‘गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।’ पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने बताए ।

जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटक–पटक आएको भन्दै उनले आफ्नो थाल कति छ भनेर हेर्दा अरुको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताए

प्रतिक्रिया