
काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक विपक्षी दलहरुले अवरोध गरिरहेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने अडान उनीहरुको छ ।
बैठक दुई पटक बसिसकेको बैठक दुवै पटक १५ मिनेटका लागि स्थगित भइसकेको छ । तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
सभामुख डोलप्रसाद अर्यालले बारम्बार बस्न आग्रह गरिरहे पनि विपक्षी सांसदहरुले नमानेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठककै बीचबीचमा हाँसो र घोचपेच पनि भएको थियो ।
सभामुख अर्यालले संसद सञ्चालन नियमावली बुझाइरहँदा नेकपा एमालेका सांसद गुरु बरालले भने सभामुखले भनेको बुँदा रहेको खाली पेज देखाएका थिए ।
सांसद बरालले हाँस्दै खाली पेज देखाइरहँदा सांसदहरुबीच हाँसो फैलिएको थियो । सभामुखले पनि हाँसो रोक्न सकेनन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी











प्रतिक्रिया