स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि फेरि सुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले आफ्ना धारणा राखेका छन् ।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।

प्रतिक्रिया