प्रधानमन्त्री वालेन शाहको राजीनामा माग्दै प्रतिनिधिसभामा विपक्षी सांसदहरूको हंगामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन शाहको राजीनामा माग गर्दै हंगामा गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् । विपक्षी दलहरु सबै उठेर प्रधानमन्त्री शाहको राजीनामा मागेका छन् ।

प्रतिक्रिया