देउवा र शेखर पक्षका १९ जना नेताहरु कांग्रेसको केन्द्रीय समितिमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरूलाई समेटेका छन् ।

गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा र कोइराला पक्ष सहभागी थिएनन् । त्यसैले सभापति थापाले आज केन्द्रीय कार्यसमितिमा देउवा र कोइरालानिकट १९ जनालाई मनोनीत गरेका हुन् ।

सभापति थापाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको केन्द्रीय कार्यालयले जनाएको छ ।

यी हुन् मोनीत भएका देउवा र शेखर पक्षका १९ जना नेताहरु

१. महेन्द्र यादव — धनुषा

२. जीवन परियार — कास्की

३. उमेश श्रेष्ठ — चितवन

४. रमेश रिजाल — पर्सा

५. सुजाता कोइराला — मोरङ

६. दिलेन्द्रप्रसाद बडू — दार्चुला

७. चन्द्रकान्त भण्डारी — गुल्मी

८. अजयकुमार चौरसिया — पर्सा

९. लक्ष्मी परियार — उदयपुर

१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु

११. दिनेशकुमार यादव — सप्तरी

१२. राजीव कोइराला — सुनसरी

१३. राजीव ढुंगाना — सुनसरी

१४. प्राडा गोविन्दराज पोखरेल — प्यूठान

१५. सुशीला मिश्र भट्ट — कैलाली

१६. नागिना यादव — महोत्तरी

१७. दिनेश कोइराला — चितवन

१८. डा. जीवन राना — कैलाली

१९. श्री सीता थपलिया (उर्मिला) — धादिङ

प्रतिक्रिया