सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेर डिजिटल सेवालाई प्रवर्द्धन गर्ने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् । सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआइ कम्पुटेसन निर्यातलाई प्रवर्द्धन गरिने उनले उल्लेख गरे ।

डिजिटल पार्क उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रुपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए ।

‘सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने छ’, उनले भने ।

प्रतिक्रिया