
संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले जेठ ४ गतेभित्र उजुरीको समय तोकेको छ।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन दस दिनको समय तोकिएको जानकारी दिए । सो अवधिभित्र प्रमाणसहित उजुरी उनले आह्वान गरे ।
उजुरीकर्ताको नाम गोप्य राखिने समितिले जनाएको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले चौथो वरीयतामा रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया