वैशाख २८ गते दुवै संघीय संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते दुवै संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति पौडेलले वैशाख ९ गते संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा अधिवेशन बोलाएका थिए ।

तर नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम गरिएको अधिवेशन आह्वान वैशाख १० गते सरकारले स्थगित गर्न पत्र पठाएपछि स्थगित गरिएको थियो । अब यही वैशाख २८ गते संसदको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया