
काठमाडौं । संसदीय समितिका सभापतिहरुको उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसेको छ । आज बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभाअन्तर्गत १० वटा र राष्ट्रियसभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरुको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।
प्रतिक्रिया