कोरला नाकामा जिप दुर्घटना हुँदा चालक घाइते

मुस्ताङ । काठमाडौंबाट पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयटा हायस जिप दुर्घटना हुँदा काठमाडौंको तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् ।

जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ । कोरला नाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।

उनका अनुसार कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रतिक्रिया