
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आज शुक्रबार भएको उपसभामुखको निर्वाचनमा ठाकुर भारी मतका साथ निर्वाचित भएकी हुन् ।
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले पनि उम्मेदवारी दिएकी थिइन् । तर, निर्वाचनमा राप्रपालाई अन्य कुनै दलले पनि मतदान गरेनन् । उसको प्रतिनिधिसभामा ५ सिट मात्रै छ ।
श्रम संस्कृतिकी ठाकुरलाई भने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समर्थन गरेको थियो ।
कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्नेमा २२ मत खसेको थियो । हाल प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा मतदानमा २५६ जना सांसदले भाग लिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले ठाकुर उपसभामुख पदमा निर्वाचित भएको खोषणा गरे । यससँगै ठाकुर जेनजी उपसभामुख बनेकी छन् ।
सयैबीच, सभामुख अर्यालले विजयी ठाकुरलाई बधाई दिए । विजयी भएकी २६ वर्षीया ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मत दिएका थिए । आजै राति १२ः०० बजेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन समाप्त हुँदै छ ।
प्रतिक्रिया