प्रतिनिधिसभाबाट राष्ट्रपति पौडेलले संयुक्त सदनलाई सम्बोधन गरेकोमा धन्यवादको प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकोमा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको बेहोरा वाचन गरेका थिए ।

प्रतिक्रिया