मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

जोमसोम(मुस्ताङ), २३ चैत : मुस्ताङमा हिमपात मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्षेत्रमा परेको हिमपात । शनिबारदेखि लगातार परेको हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । ‘मुक्तिनाथ क्षेत्रमा यसअघि ६ पटक सम्म हिउँ परेको भए पनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,’ उनले भने ।

हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पुर्याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया