सकारात्मक यौन शिक्षामा नागरिक समाज र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया

कालिकोट । सशक्त बालिका परियोजना (GSS) कार्यक्रमअन्तर्गत ‘सकारात्मक यौन शिक्षामा नागरिक समाज र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपाल को सहयोग, रास्कोट नगरपालिका को समन्वय तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रम हुरेन्डेक नेपाल कालिकोटका जिल्ला व्यवस्थापक दिलिप कुमार शाहीको अध्यक्षतामा तथा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य कल्पना रावल बोगटीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियामा जिल्लास्थित नागरिक समाज, विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सकारात्मक यौन शिक्षाको आवश्यकता, यसको प्रभावकारी प्रसार तथा समुदायमा सचेतना अभिवृद्धि गर्न नागरिक समाज र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा मानव अधिकारकर्मी कालीबहादुर मल्लले सकारात्मक यौन शिक्षासम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । उनले किशोर–किशोरीमा सही जानकारी, व्यवहार परिवर्तन तथा सुरक्षित भविष्यका लागि यौन शिक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रमले समाजमा यौन शिक्षाप्रति रहेका गलत धारणा हटाउँदै सचेतना फैलाउन नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा व्यवस्थापक दिलिप कुमार शाहीले जोड दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया