
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कोलडाँडा थर्पु भित्री सडक खण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाकी १३ वर्षीया कोइस्का घर्ती मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएको र उनको उपचार भइरहेको छ । प्रहरीले चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया