नाइमा र ट्राफिक प्रहरीबीच रणनीतिक सम्झौता

काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यान्युफ्याकचरर्स एसोसिएसन नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच दीर्घकालीन रणनीतिक समझदारी भएको छ । काठमाडौँ उपत्यकाका कुल १ हजार ६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा ५ वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ उद्घाटन कार्यक्रमको अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच गत शनिबार आदान–प्रदान गरिएको हो ।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी÷यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।

समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले नाइमाको दृष्टिकोण अनुरूप सडक सुरक्षा प्रवद्र्धन, उपभोक्ता शिक्षा÷सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरवीमा संस्था निरन्तर सक्रिय रहेको बताइन् । उनले यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सडक सुरक्षा सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महŒवपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया