१२औँ एसिया प्रशान्त वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न

काठमाडाैँ । काठमाडाैँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टद्वारा डिसेम्बर ६ देखि ८ सम्म आयोजित १२औँ एसिया प्रशान्त वार्षिक सम्मेलन २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । वार्षिक सम्मेलन ‘एसिया प्रशान्त क्षेत्रमा पुनरुत्थानशील यात्रा र पर्यटन अनुसन्धान’ मूल विषयवस्तुसहित सफलतापूर्वक सम्पन्न भएको हाे । यो सम्मेलनले विश्वभरका पर्यटनविद्, उद्योगका अगुवा र विश्वव्यापी साझेदारहरूको अर्थपूर्ण जमघटको रूपमा आफूलाई स्थापित गरेको छ ।

क्षेत्रीय सहकार्यमा जोड

यस वर्षको सम्मेलनले नेपाल, हङकङ, जापान, भारत, संयुक्त राज्य अमेरिका, ताइवान, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, चीन, मकाउ, भियतनाम, मलेसिया र ब्रुनाईलगायतका प्रतिष्ठित विश्वविद्यालय, संस्था र व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएकाे दाबी गरिएकाे छ । यसले एसिया-प्रशान्त क्षेत्रमा पुनरुत्थानशील यात्रा र पर्यटन अनुसन्धानलाई अगाडि बढाउन क्षेत्रीय सहकार्यलाई थप बलियो बनाएको छ । सम्मेलनमा यी देशहरूबाट ४० भन्दा बढी अनुसन्धानकर्ताहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गरे ।

प्रमुख छलफल र विशेषज्ञहरूको उपस्थिति

दुई दिनसम्म चलेको यस कार्यक्रममा सहभागीहरूले प्रभावकारी मुख्य सम्भाषण, समानान्तर अनुसन्धान प्रस्तुतीकरण, विशेषज्ञ मञ्चहरू, प्यानल छलफलहरू र अनुभवमा आधारित सिकाइ सत्रहरूमा सक्रिय रूपमा भाग लिए । पुनरुत्थानशील पर्यटन, प्राविधिक नवप्रवर्तन, ग्लोबल साउथमा दिगो विकास र बदलिँदो पर्यटक व्यवहारजस्ता विषयमा भविष्यमुखी र गहन विचारविमर्शहरू भएका थिए ।सम्मेलनमा प्रा. शिआङ (रोबर्ट) ली (निर्देशक, स्कूल अफ होटल एन्ड टुरिजम म्यानेजमेन्ट, चिनियाँ विश्वविद्यालय हङकङ)का विशेषज्ञहरू सहभागी भएका थिए ।

सहभागी विशेषज्ञहरूमा डा. आरोन थाम (TTRA APAC अध्यक्ष), एसोसिएट प्रा. डा. तारिक डोगरु (फ्लोरिडा स्टेट युनिभर्सिटी), डा. घनश्याम गुरुङ (कन्ट्री डाइरेक्टर, WWF-नेपाल), एसोसिएट प्रा. डा. सोजन प्रधान (युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी), लिसा चोग्याल (दिगो पर्यटन विशेषज्ञ, न्यूजील्याण्डका लागि नेपालका मानार्थ वाणिज्यदूत), लेगेसी प्रोजेक्ट आवरको क्रममा डब्लुडब्लुएफ नेपालका राजेन्द्र सुवाल, स्टोरी साइकलका सौरभ ढकाल र प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्मका आकाश शिल्पकार लगायतले केही उत्कृष्ट दिगो र पुनरुत्थानशील पर्यटन अभ्यासहरू पनि प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पोस्ट-कन्फ्रेन्स भ्रमणका क्रममा पाटन दरबार स्क्वायरको सांस्कृतिक अनुभव पनि लिएका थिए ।

प्रतिक्रिया