वर्षाको कारण अवरुद्ध बिपी राजमार्ग खुल्यो

काभ्रे । अविरल वर्षाको कारण अवरुद्ध बिपी राजमार्ग खुलेको छ । बिपी राजमार्ग रोशी गाउँपालिका खण्ड बाढीले पूर्ण क्षति पुर्याएको थियो । रोशी खण्डमा निरन्तर प्रयासपछि शुक्रबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको रोशी गाउँपालिकाका उपाध्यक्ष मिम ब वाइबा ज्वालाले जानकारी दिए ।

बिपी राजमार्ग चौकी डाडा, घुमाउने, चार सय बेसी, नर्के, दाउन्ने, मङलटार बोक्सेकुना माम्तीअस्थयी ट्र्याक निर्माण गरेसँगै शुक्रबारबाट राजमार्ग सञ्चालानमा अएको वाइबाले बताए ।

बिपी राजमार्ग बन्द भएसँगै पूर्व हुँदै काठमाडौं प्रवेश गर्ने यात्रु हरु सास्ती पाएका थिए । शनिबारदेखि पूर्ण रुपमा पूर्व हुँदै काठमाडौं जाने यात्रुहरुको लागि राजमार्ग खुलेपछि सहज हुने सडक विभाग सुपरभाइजर चन्द्र बहादुर लामाले बताए । सडक विभाग स्थानीय सरकार सबैको पहलमा बिपी राजमार्ग खुलाउन सफल भएको लामाले जानकारी दिए ।

प्रतिक्रिया